Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

अख्तियारकै आयुक्त भ्रष्टाचार मुद्दामा दाेषी ठहर, ३ वर्ष ३ महिना कैद

spot_img
spot_img

काठमाडौं । ७८ लाख रुपैयाँ घुस लेनदेनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई ३ वर्ष ३ महिना कैद र ३९ लाख जरिवाना तथा न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । पाठक सरकारी ओहोदामा रहेर भ्रष्ट्राचार गरेका कारण उनलाई थप ३ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

नेपाल इन्जिनियरिङ कलेजविरुद्ध अख्तियारमा परेको उजुरीमाथि छानबिन रोक्न न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले १२ चैत २०७५ मा पाठक र न्यौपाने दुबै विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो ।

पाठकले ७८ लाख रुपैयाँ घुस लिएको स्वीकार गरेको भिडियो प्रमाणका रुपमा अख्तियारले पेश गरेको थियो । तर विशेष अदालतले घुस लेनदेनमा नभई घुस लेनदेनको प्रयास मात्र भएको ठहर गरेको हो ।

‘आरोपितहरुबाट घुसबापतको रकम बरामद भएको थिएन, तर घुस खाने प्रपञ्चका लागि सारा काम सम्पन्न गरेको देखिएको ठहर भएको छ’ रायकिताब उधृत गर्दै स्रोतले भन्यो, ‘त्यही आधारमा घुस खाएको भनिएको ७८ लाख रुपैयाँको आधा अर्थात ३९ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको हो ।’

भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को (ज) मा ५० लाखदेखि १ करोड रुपैयाँसम्म घुस लेनदेन गरेमा ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । ऐनकै दफा २१ अनुसार घुस लेनदेनको उद्योग गर्नेलाई तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

बिहीबारको फैसलाबाट अख्तियारका पदाधिकारीहरु असन्तुष्ट छन् । घुस लेनदेनको आरोपमा दोषी ठहर हुनुपर्नेमा घुस खाने उद्योगमात्रै गरेको व्याख्या गरेर कम सजाय गरेको अख्तियारका एक पदाधिकारीले बताए । फैसलाको पूर्णपाठ आएपछि सर्वोच्च अदालतमा पुनरावेदनमा जाने उनको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...