Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा पनि मनाइयो पृथ्वी जयन्ती

spot_img
spot_img

वीरगंज । पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती एवम् राष्ट्रिय एकता दिवस वीरगंजमा पनि मनाइएको छ । देश भक्त राज्य भक्तलले बुधबार वीरगंजकाे महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरी दिवस मनाएकाे हाे ।

देश भक्त राज्य भक्तका केन्द्रिय अध्यक्ष दिपेन्द्र प्रसाद राैनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष राजकिशाेर चाैबे, जिल्ला अध्यक्ष शतीश श्रीवास्तव, शम्भु चाैरसिया, पशुपति बिक्रम साह, हिरा बहादुर चन्द, सतार अन्सारी, विरेन्द्र थापा, रामनारायण साह, साेमबिक्रम साह लगायतकाे सहभागिता रहेकाे थियाे । 

यसैगरी राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले पनि वीरगञ्जको घण्टाघरमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर दिवस मनाएको छ । 

मञ्चका नारायणी संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पृथ्वीनारायण शाहका दिब्योपदेशको पालना गर्नुपर्नेमा जोड दिए । उनका दुरदर्शी उपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भीक रहेको बताउँदै ढकालले सत्य र निष्ठाको बाटो अबलम्ब गर्न आग्रह गरेका छन् । 

समाजसेवी पशुपति बिक्रम शाह, नागरिक संघर्ष समितीका उपाध्यक्ष हिराबहादुर चन्द, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, हिन्दु युवा संघ नेपालका अध्यक्ष राजेश सिंह, समाजसेवी उषा शाह लगायतले पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिने गरेको निर्णयको स्वागत गर्दै शाहका योगदान र उपदेशका बारेमा चर्चा गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...