Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मधेश प्रदेशकाे मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेकाे प्रदेश प्रमुख मिश्रले जनाएका छन् ।

त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी बाराको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । यादव यसअघि प्रदेश सभामुख रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...