Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

वीरगंजका हाेटलहरु पनि राति १२ बजे सम्म संचालन गर्न पाउनु पर्ने माग

spot_img
spot_img
वीरगंज । होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतुत्त्वमा गएको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएकाे हाे ।
 
कोरोना काल पश्चात नेपाल सरकारले राजधानी लगायत देशको महानगरपालिका तथा देशका महत्वपूर्ण पर्यटकिय स्थलहरुमा होटेल तथा पर्यटन व्यवसायहरु चौबीसै घन्टा खुल्ने अनुमति दिरहेको सन्दर्भमा पर्सा जिल्लामा पनि हाललाई कमसेकम रातको १२:०० बजे सम्म मात्र भएपनि होटेल तथा रेस्टुरेन्टहरु उचित कार्य विधि बनाएर संचालन गर्ने वातावरण बनाई दिन होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंजले माग गरेकाे छ ।
 
ज्ञापन पत्र बुझाउन हाेटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, महासचिव माधव बस्नेत, सचिब सन्दिप बस्नेत, कोषाध्यक्ष पुष्पलाल श्रेष्ठ, सह कोषाध्यक्ष हिरा श्रेष्ठ, होटेल पुजनका सुरेन्द्र लाल श्रेष्ठ, कलार्क सिसोर्ट होटेलका सुनिल खेतान, होटेल नारायणीका शेखर चौधरी, होटेल अन्नपूर्णका आनन्द चौरसिया, माल्ट रेस्टुरेन्टका निखिल कादमिया लगायतका पुगेका थिए ।
 
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले ब्यबसायिहरुको समस्या तुरुन्तै सम्बोधन गर्न आश्वसन दिए । त्यसका लागि सहयक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिनालाई संयाेजक समेत तोकिदिएकाे जनाइएकाे छ ।
 
निश्चित सुरक्षा मापदण्डहरु पूरा गरेर राती १२ बजेसम्म हाेटल खुल्न दिन्नकाे लागि कार्यविधि बनाउन भोलि २ बजे सहायक प्रमुख जिल्ला अधिकारीको संयाेजकत्वमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय, ससश्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रतिनिधि हरुको बैठक बस्ने छ । सो बैठकले त्यस सम्बन्धी निर्णय जनाइएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...