Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

जसपा मधेश प्रदेशकाे संसदीय दलकाे नेतामा बाराका यादव चयन

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मतले चयन भएका छन । बारा निर्वाचन क्षेत्र नं. १ काे (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित यादव संसदीय दलका नेता चयन भएका हुन् ।

दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पछि यादवसहित दुई जनाले उम्मेदवारी दर्ता समेत गराएका थिए । निर्वाचन नहुँदै यादव एक उम्मेदवारकाे समर्थनमा दलको नेतामा चयन भएका हुन ।

दलको नेताका लागि मधेश प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराएका थिए । यद्दपी दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएको जसपा मधेश प्रदेश कार्यसमितिले जनाएको छ ।

जसपाको मधेशप्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् । अब सत्तारुढ गठबन्धनमा भएकाे सहमतीमा जसपाले पहिलाे कार्यकालमा मुख्यमन्त्री पाए यादव नै मुख्यमन्त्री बन्ने छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...