Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मनवा बचतकाे १२ औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. १ मनवा बजारमा रहेकाे मनवा बचत तथा ऋण सहकारी संस्थाकाे १२ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

काेइलाभारमाई मन्दिर प्राङ्गणमा भएकाे साधारण सभामा सहकारी संस्थाकाे अध्यक्षमा पुन:  गिरि राज कडेल निर्विराेध निर्वाचित भएका छन् । कडेल दाेस्राे कार्यकालकाे लागि सहकारी संस्थाकाे अध्यक्षमा निर्विराेध निर्वाचित भएका हुन् ।

त्यसैगरी संस्थाकाे उपाध्यक्ष फलेस्टर राय, सचिबमा आत्मराम अधिकारी, कोषाध्यक्षमा रामजनम चौधरी, सदस्यहरुमा गायत्री देबि ठाकुर, सुनिल ठाकुर, जयनारायण ठाकुर पनि निर्विराेध चुनिएकाे नवनिर्वाचित अध्यक्ष कडेलले जानकारी दिए ।

उनका अनुसार साधारण सभाले लेखा सुपरिवेक्षण समितीकाे संयाेजकमा कृष्ण प्रसाद तिवारीलाई चयन गरेकाे छ । जुन समितिकाे सदस्यमा तारा देबि तिवारी र ॠदिनाथ अधिकारि सर्वसहमत चुनिएका छन् ।

पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठककाे प्रमुख आतिथ्यतामा भएकाे साधारण सभामा पूर्व नगर प्रमुख लोक नारायण यादव, वडा न.१ का वडाध्यक्ष राजकुमार खवास, समजसेबी दुर्गा प्रसाद लामिछाने, भरत श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा संस्थाले पर्सागढी नगरपालिका अन्तर्गत नवनिर्वाचित जनप्रतिनिधि तथा उत्कृष्ट सदस्यलाई सम्मान समेत गरेको छ !

सम्मानित हुनेमा नवनिर्वाचित जनप्रतिनिधिसहित उत्कृष्ट बचतकर्ता फुल कुमार सहनी, उत्कृष्ट शेयर सदस्य उषा देबि बस्नेत र असल ॠणि-बिना देबि थरुनी रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...