Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

मनवा बचतकाे १२ औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. १ मनवा बजारमा रहेकाे मनवा बचत तथा ऋण सहकारी संस्थाकाे १२ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

काेइलाभारमाई मन्दिर प्राङ्गणमा भएकाे साधारण सभामा सहकारी संस्थाकाे अध्यक्षमा पुन:  गिरि राज कडेल निर्विराेध निर्वाचित भएका छन् । कडेल दाेस्राे कार्यकालकाे लागि सहकारी संस्थाकाे अध्यक्षमा निर्विराेध निर्वाचित भएका हुन् ।

त्यसैगरी संस्थाकाे उपाध्यक्ष फलेस्टर राय, सचिबमा आत्मराम अधिकारी, कोषाध्यक्षमा रामजनम चौधरी, सदस्यहरुमा गायत्री देबि ठाकुर, सुनिल ठाकुर, जयनारायण ठाकुर पनि निर्विराेध चुनिएकाे नवनिर्वाचित अध्यक्ष कडेलले जानकारी दिए ।

उनका अनुसार साधारण सभाले लेखा सुपरिवेक्षण समितीकाे संयाेजकमा कृष्ण प्रसाद तिवारीलाई चयन गरेकाे छ । जुन समितिकाे सदस्यमा तारा देबि तिवारी र ॠदिनाथ अधिकारि सर्वसहमत चुनिएका छन् ।

पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठककाे प्रमुख आतिथ्यतामा भएकाे साधारण सभामा पूर्व नगर प्रमुख लोक नारायण यादव, वडा न.१ का वडाध्यक्ष राजकुमार खवास, समजसेबी दुर्गा प्रसाद लामिछाने, भरत श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा संस्थाले पर्सागढी नगरपालिका अन्तर्गत नवनिर्वाचित जनप्रतिनिधि तथा उत्कृष्ट सदस्यलाई सम्मान समेत गरेको छ !

सम्मानित हुनेमा नवनिर्वाचित जनप्रतिनिधिसहित उत्कृष्ट बचतकर्ता फुल कुमार सहनी, उत्कृष्ट शेयर सदस्य उषा देबि बस्नेत र असल ॠणि-बिना देबि थरुनी रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...