Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन भएकाे छ । जगरनाथपुर गाउँपालिकाको सभाहलमा संचालन गरिएकाे कक्षाकाे शनिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले उदघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रम वाेल्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिका अन्तर्गतका गरिब र मध्य परिवारका विद्यार्थीकाे लागि कक्षा बढी फलदायी हुने वताए । उनले गाउँपालिका मै निशुल्क रुपमै संचालन गरिएकाे कक्षाकाे फाइदा उठाएर सरकारी कर्मचारी बन्ने अवसरकाे फाइदा उठाउन आग्रह गरे ।

नायब सुब्बा, खरिदार, नेपाल प्रहरीको निशुल्क लोक सेवा तयारीकाे लागि कक्षा संचालन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । उनका अनुसार गाउँपालिका मै ४५ दिन सक्सेश स्किल डेभलपमेन्ट फर्म वीरगंजले कक्षा संचालन गर्ने र त्यसपछि ति विद्यार्थीहरुले वीरगंजस्थित सक्सेस इन्सच्युटमा असार सम्म निशुल्क रुपै पढन पाउने छन् ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश यातायात मान्त्रालयका सचिव सुरेश राउत, लोकसेवा आयोग कक्षाका प्रशिक्षक राष्ट्र बैंकका अधिकृत नरेश सर्राफ लगायतले मन्तव्या राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ । जिल्ला...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान...