Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पर्साका ४ प्रदेश सभा सदस्यले लिए मातृभाषा भाेजपुरीमा शपथ

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन । 

प्रदेश सभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना प्रदेश सभा सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन । ४९ प्रदेशसभा सदस्यहरुले मातृ भाषामा शपथ लिए छन् ।

८ जना प्रदेशसभा सदस्यहरुले भोजपुरी भाषामा शपथ लिएका हुन । जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदा दास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव, सिंगासन सा कलवार र प्रमाेद जयसवालले भोजपुरी भाषामा शपथ लिएका हुन ।

जस मध्ये मातृभाषा भाेजपुरी भाषामा सपथ लिने पर्साका ४ जना प्रदेश सभा सदस्य छन् । पर्सा क्षेत्र नं. २ काे १ बाट निर्वाचित कांग्रेसका श्याम पटेल, २ काे २ बाट निर्वाचित लाेसपाका रमेश प्रसाद कुर्मी, ३ काे १ बाट निर्वाचित स्वतन्त्र प्रदिप जयसवाल र ४ काे २ बाट निर्वाचित जसपाका सिंगासन सा कलवारले मातृभाषा भाेजपुरीमा सपथ लिएका हुन् । पर्साका अन्य प्रदेश सभा सदस्यले नेपालीमा सपथ लिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।  

बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएका छन् । बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, बीरेन्द्र प्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन ।

मैथिली भाषामा ११ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् । किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिष कुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन । मगही र हिन्दी भाषामा २/२ जना प्रदेश सभा सदस्यहरुले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन ।

उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन । विवादका बिच मधेशी भाषामा जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका छन । जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरुमध्ये १२ जना प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका हुन । जनमत पार्टीको सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै...