Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

मधेसलाई प्रविधियुक्त बनाउने अभियान वीरगंजबाट शुरु

spot_img
spot_img

वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्टार्टअप तथा इनोभेसन कमिटी, खल्ती र इजी इट्सले मधेस प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानको थालनी गरेको छ । बिहीबार वीरगंजबाट यो अभियान थालिएको कमिटी संयोजक अनुप अग्रवालले जानकारी दिए ।

महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगंजबाट यो अभियान थालेको बताएको छ । वीरगंजकाे वीरगंज पब्लिक कलेजबाट शुरु भएको कार्यक्रम ४५ ओटा शैक्षिक संस्थामा सञ्चालन गरिने आयोजकले बताएको छ ।

प्रविधिको प्रयोगबारे चेतना जगाउन यस्तो अन्तरक्रिया सञ्चालन गरिएको अग्रवालले बताए । उद्यमशीलतामार्फत मधेस प्रदेशलाई प्रविधिसँग जोड्ने र यसको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले बताए । 

मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले प्रविधिको उपयोगमा अवसरसँगै यसका जोखिमप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । खल्ती एपका बरुण प्रताप शाह, इजी इट्सका सिम्रन चौरसिया, बीपीसी कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठ लगायतले आजको युगमा प्रविधिको आवश्यकता अपरिहार्य भएको उल्लेख गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...