Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा सुविधासम्पन्न प्रयाेगशाला स्थापना हुने

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा सुविधा सम्पन्न प्रयाेगशाला स्थापना हुने भएकाे छ । गाउँपालिकामा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बुधबार जगरनाथपुर गाउँपालिकालाई करिब रु ५० लाख बराबरको ल्याब सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराएकाे छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे पहल र समन्वयमा गाउँपालिकामा सुविधासम्पन्न प्रयाेगशाला स्थापनाकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरणहरु उपलब्ध गराएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

साे सामग्री बुझ्न गाउँपालिका अध्यक्ष यादव कै नेतृत्वकाे टाेली बुधबार जनकपुरधाममा पुगेकाे थियाे । गाउँपालिकाको वडा नं. ३ मा रहेकाे विजवनिया स्वास्थ्य चौकीमा प्रयोगशाला संचालनकाे लागि बुधबार नै प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम र जगरनाथपुर गाउँपालिका बीच १८ बुंदे सम्झाैता समेत भएकाे प्रमुख प्रशासकिय अधिकृत रायले जानकारी गराए ।

समझाैता अनुसार प्रयोगशालासंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषयहरु प्रदेश प्रयोगशालासंग समन्वय गरी संचालन गर्नु पर्नेछ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानिय तहले गर्नु पर्ने छ । ल्याव रिपोर्टको राम्रो व्यवस्था गर्नु पर्ने छ, DHIS 2 लगायतका रिपोर्टिङहरु तोकिएको समय गर्नुपर्ने छ ।

कर्मचारी र Kits/Reagents/Consumables को व्यवस्था यस आर्थिक बर्षकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ । आगामी वर्षको लागि प्रदेश सरकारबाट वजेट प्राप्त भए अनुसार हुनेछ । अन्यथा पालिकाले स्वास्थ्यको बजेटबाट गर्नु पर्नेछ । जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गरिनेछ ।

सम्पन्न दुई पक्षिय सम्झाैता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. श्रवण कुमार मिश्र, गाउँपालिका अध्यक्ष यादव र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले हस्ताक्षर गरेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...