Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगितामा पत्रकार महासंघ विजयी

spot_img
spot_img

परवानीपुर । सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले उचालेको छ । वीरगंजस्थित ज्ञानदा एकडेमीमा शनिबार आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउदै महासंघ बिजयी भएको हो ।

६ ओभरको खेलमा रोटरी क्लबले ६२ रनको टारगेट दिएको थियो । जवाफी व्याटिङ्गमा उत्रेकाे महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए ।

महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए । यादवको कप्तानीमा खेलिएको प्रतियोगितामा आरोहण साह, राम मेहता, बिनय कुशवाहा, कृष्णा कुशवाहा, आनन्द पटेल, तिवारी यादवले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगंज उद्योग वाणिज्य संघलाई पराजीत गरि फाईनमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत खेलिएको तिन वटै खेलको म्यान अफदि म्याच महासंघका सदाम हुसेन र म्यान अफ दि सिरिजको उपाधि पनि सदामले पाएका थिए ।

बलिङ्ग तर्फ महासंघका सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कुल ६ बिकेट लिदै ३२ रन बनाएका थिए । त्यस्तै प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र आनन्द पटेलले एक एक बिकेट हात पारेका थिए ।

सो प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सहसचिव जितेन्द्र साह, कोषाध्यक्ष संजिव मिश्रा, बरिष्ठ पत्रकार बिजय कुशवाहा, प्रेस चाैतारी पर्साका उपाध्यक्ष तुलसीराज भण्डारी, कोषाध्यक्ष राकेश साह लगायतको उपस्थिती थियो । एनवाईईफ र वीरगंज बैंकर्सको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...