Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

खाद्य सँस्थान वीरगंजकाे लापरवाहीले किसानहरु मर्कामा

spot_img
spot_img

वीरगंज । पर्सामा किसानहरुले धान काटेर भित्र्याई सकेको अवस्थामा नेपाल सरकारको समर्थन मूल्यमा विक्री नहुँदा पर्साका किसानहरु मर्कामा परेका छन् । उब्जाएको धान समयमा विक्री नहुँदा र नेपाल सरकारले तोकेको समर्थन मूल्य समेत नपाउँदा पर्सेली किसानहरु मर्कामा परेका हुन् ।  

खाद्य गुणस्तर तथा व्यापार कम्पनी लि. शाखा कार्यालय वीरगंजले हालसम्म धान किन्ने कार्य शुरु नगरेको कारण किसानहरु मर्कामा परेकाे किसान हकहित संघर्ष समिती पर्साले जनाएकाे छ । मल, खाद, वीउ जसो तसो जोहो गरेर धान उब्जाएका किसानहरु नेपाल सरकारले निर्धारण गरेकाे मुल्यमा धान बिक्री गर्न नपाउँदा मर्कामा परेको किसान हकहित संघर्ष समिती पर्साका अध्यक्ष सहरुम राउत गद्दीले वताए । ।

हाम्रो मुलुक कृषिप्रधान भएता पनि खेतीमा विउ, मल सिचाइको अभावमा कृषकले सधै दुख कठिनाइ भोग्नु परेको र खेतीमा बढी लागत लाग्ने गरेपनि खाद्य गुणस्तर तथा व्यापार कम्पनी लि. शाखा कार्यालयले धान खरिद नगर्दा किसानहरु बिचाैलिया मार्फत कम मुल्यमा धान खरिद गर्न बाध्य भएकाे अध्यक्ष गद्दीले वताए ।   

प्रत्येक बर्ष झै यस वर्ष पनि नेपाल सरकारले धानको मुल्य प्रतिक्विन्टल रु. ३ हजार १६८ निर्धारण गरेपनि किसानहरु बिचाैलीया मार्फत प्रति क्विन्टल रु २ हजार ४ सयमा बिक्री गर्न बाध्य भएकाे उनले जानकारी दिए ।

खाध तथा व्यवस्थापन विभाग लिमिटेडले धान खरीद कार्य सुरु गर्न माग गर्दै शुक्रबार किसान हकहित संघर्ष समितिले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत बाणिज्य तथा आपुर्ति मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएकाे वताए । 

उनले ज्ञापन पत्र मार्फत नेपाल सरकारले निर्धारण गरेकाे मुल्यमा धान खरिदको कार्य प्रारम्भ गर्न कडा निर्देशन खाध तथा व्यवस्थापन विभाग लिमिटेड, पर्सालाई दिईनुको साथै सिधा सोझा किसानलाई विचौलिया व्यपारीले निर्धारीत मुल्य नदिई कम मुल्यमा धान खरीद गर्न लागेको कार्य अविलम्व राेकन पनि माग गरिएकाे वताए ।

यसका साथै संघर्ष समितिले धान खरिद गर्दा धरम काटाले तौल गर्न पनि व्यवस्था मिलाउन माग गरेकाे अध्यक्ष गद्दीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...