Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026

प्रदेश सभा सदस्य जयसवाल जनप्रतिनिधिकाे भुमिकामा सक्रिय

spot_img
spot_img
वीरगंज । प्रदेश सभा सदस्य प्रमोद जयसवालले आफ्नाे निर्वाचन क्षेत्र अन्तर्गतका जनप्रतिनिधिहरुसंग छलफल गरेका छन् । पर्सा क्षेत्र नं. ३ (१) बाट स्वतन्त्र प्रदेश सभा सदस्यमा निर्वाचित जयसवालले सबै संग समन्वय र सहकार्य गरी अघि बढ्ने उद्देश्यले जनप्रतिनिहरुकाे ओपचारिक बैठक आयाेजना गरि छलफल गरेका हुन् ।
 
सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनमा बुधबार आयाेजित बैठकमा क्षेत्र भित्रका विभिन्न सवालहरुमा सहकार्य गर्दै अगाडी बढ्ने, मलखादको समस्या समाधान गर्न तत्काल सदरमुकाम स्थित सम्बन्धित निकायहरुमा दबाव दिने र सदन चलेपछि सरकारलाई जिम्मेवार बनाउदै किसान र गरिबका समस्याहरुको दिर्घकालिन समाधान खोज्ने सहमति भएको प्रदेश सभा सदस्य जयसवालले वताए ।
 
सबै संग समन्वय र सहकार्य गरी अघि बढ्ने निर्वाचन अघिको उद्घोष बमोजिम नवनिर्वाचित जयसवालले दुईटा छुट्टा छुट्टै बैठक आयोजना गरेका थिए । जयसवालले पहिलो बैठकमा पर्सा क्षेत्र न.३ का सबै प्रतिनिधि सभाका उम्मेदवार र आफु निर्वाचित प्रदेश सभा क्षेत्रका सबै उम्मेदवारुलाई बाेलाएपनि काेई उपस्थित भएनन् ।
 
दोश्रो बैठकमा क्षेत्र अन्तर्गतका विभिन्न पालिकाका जनप्रतिनिधिहरु उपस्थित भएपछि विभिन्न विषयमा छलफल भएकाे जयसवाले वताए ।
 
बैठक मै यस अघि क्षेत्रका १६ वटै वडाहरुमा प्रदेश सरकारको योजना अन्तर्गत शुरु भइ सम्पन्न नभएका योजनाहरु बारे र संघीय योजना अन्तर्गत बर्षौ पहिले शुरु भएर हाल सम्म पनि सम्पन्न हुन नसकेका योजनाहरु बारे चासो राख्दै प्रदेश सभा सदस्य जयसवालले सम्बन्धित वडा/ पालिकाका प्रतिनिधिज्यूहरु मार्फत जानकारी लिनु भएको थियो ।
 
जयसवालको पहलमा यस प्रकारको बैठक मधेस प्रदेश मै पहिलो पटक भएको भन्दै सहभागी जनप्रतिनिधिज्यूहरुले प्रसंसा समेत  गरेका थिए ।
 
निर्वाचित भएकाे प्रमाण पत्र बुझे लग्तै मलखाद समस्य बारे बुझ्न सदरमुकाम पुगे
 
यसैगरी मंगलबार प्रदेश सभा सदस्य जयसवाले साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनि लिमिटेडका प्रमुखहरुसँग पनि छलफल गरेका थिए । प्रदेश सभा सदस्यमा निर्वाचित भएकाे प्रमाण पत्र बुझे लगतै जयसवालले स्थानिय नेता र कृषक प्रतिनिधि सहित वीरगंज स्थित साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनि लिमिटेडमा पुगी कार्यालय प्रमुखहरुसँग भेटेर किसानहरुले भोगि रहेका मलखादको समस्या बारे छलफल गरेका थिए ।
 
छलफलकाे क्रममा उपलब्ध रहेको मलखाद छिटोभन्दा छिटो कृषकहरु सम्म पुर्‍‍याउन  र थप मलखादको व्यवस्थापनमा लाग्ने बारे छलफल गरेका थिए ।
 
किसानहरुलाइ आवश्यक मलखाद व्यवस्थापन गर्न नसक्नु सरकार र जिम्मेवार निकायको गैरजिम्मेवारीपन भएकोले आफुले यो समस्याको दिर्घकालिन समाधानको लागि आफ्नो सपथग्रहण पछि सदनमा आवाज उठाउने बताउदै हाल उपलब्ध मलखाद यथासिघ्र किसानलाइ सहजरुपमा प्रदान गर्ने बारे छलफल गरेकाे प्रदेश सभा सदस्य जयसवालले वताए । 
 
उनले पालिकामा मलखाद बिक्री बितरण गर्न तोकिएका सबै सहकारीलाइ मलखाद ल्याउन केही पालिकाहरुले सिफारिस नदिदा किसानहरु धेरै मार्कामा परेका र राजनैतिक पुर्वाग्रहका कारण सबै किसानलाई मलखाद नदिइनु जस्ता समस्या बारे सबैको ध्यानाकर्षण गराउदै यस प्रकार को कमीकमजोरी सच्याउन र वितरण प्रणाली प्रभावकारी बनाउन निर्देशन दिएकाे वताए ।
 
उपलब्ध मलखाद नपुग भएमा भारतबाट किसानले १-२ बोरा गुणस्तरीय मलखाद सहज रुपमा ल्याउन मिल्ने गरी सहजीकरण गर्न पनि जयसवाले माग गरेका थिए ।
 
२-३ दिन दिन भित्र मलखादको वितरण प्रणाली सहज र पारदर्शी नबनाए र मलखादको व्यवस्थापनमा ठोस कदम नचाले किसानहरु आन्दोलित हुन बाध्य हुने र आवश्यक परे सो नेतृत्वको अगुवाइ समेत आफुले गर्ने चेतावनी समेत प्रदेश सभा सदस्य जयसवालले दिए ।
 
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक गर्मीका कारण वीरगंजका विद्यालय ९:३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढ्दै गएपछि वीरगंज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समयावधि परिवर्तन गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी...

ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक कटवालको बिदाइ, श्रेष्ठको स्वागत

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको बिदाइ तथा नयाँ प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठको स्वागत कार्यक्रम सम्पन्न...

लोककल्याणकारी सूचना बजेट फ्रिज हुने जोखिम, महानगरको ध्यानाकर्षण

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साले सञ्चारमाध्यम तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित रोकिएको बजेट तत्काल निकासा गर्न माग गर्दै वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इमतियाज आलमलाई...