Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

स्वतन्त्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित जयसवालकाे फरक शैली

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रमाेद जयसवालले फरक शैली अपनाएका छन् । स्वतन्त्र उम्मेदवार भई प्रदेश सभा सदस्यमा निर्वाचित भएका जयसवाल अरु उम्मेदवार भन्दा फरक शैली अपनाउँदै मतदाताकाे घरदैलाेमा पुगेर धन्यावाद ज्ञापन गर्न थालेका हुन् ।

पर्साकाे अरु क्षेत्रमा विभिन्न दलबाट नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु दिनहुँ जसाे डिजेबाजा र तामझामसहित विजय जुलुश गरिरहेता पनि जिल्लामा एकलै मात्र स्वतन्त्र जितेका जयसवालले फरक शैली अपनाएका छन् । उनी निर्वाचन सम्पन्न हुनु भन्दा पहिला गरेकाे घरदैलाे निर्वाचित भए पश्चात पनि गरि मतदातालाई भेट्दै धन्यावाद ज्ञापन गर्नुकाे साथै सल्ला सुझाव समेत लिइरहेका छन् । 

निर्वाचन सम्पन्न हुनु अघि निर्वाचित सबै उम्मेदवारहरुले मतदाताकाे घरदैलाेमा पुगेर हात जाेड्दै मत मागे पनि हाल निर्वाचित भएपश्चात डिजेबाजा, अश्लिल नाच र ठुलाे ताम झामसहित विजय जुलुश गरिरहेका छन् । विजय जुलुशमा सहभागि नवनिर्वाचित उम्मेदवारहरुले गाडीबाट नै हात हलाउँदै राेड शाे गरिरहेका छन् ।   

तर स्वतन्त्रबाट नवनिर्वाचित प्रदेशसभा सदस्य जयसवाल शनिबार चाैथाे दिन पोखरिया नगरपालिकाकाे वडा नं. २ लमरिया, डमरापुर, बहुदरमाई नगरपालिकाकाे वडा नं. ५ को पटनी, बलिरामपुर, वर्वा, भौराटार, सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. २ को सखुइ, जमुनिया, प्रसौनी, पचगावा, श्रीपुर, घुसुकपुरमा घरदैलाे गरेका हुन् । 

घरदैलाेकाे क्रममा उनले आफुलाई मतदान गरि निर्वाचित गराएकाेमा धन्यावाद ज्ञापन गर्दै सल्ला सुझाव समेत लिने गरेका छन् । धन्यावाद ज्ञापन गर्ने क्रममा जनताकाे समस्या बुझ्दा हाल सबभन्दा विकारालकाे समस्या कृषकलाई मलकाे रहेकाे नवनिर्वाचित प्रदेश सभा सदस्य जयसवालले वताए ।

हाल गहुँ तथा मसुरी खेती गर्ने समयमा आवश्यक पर्ने डिएपी तथा युरिया मल नपाएकाे समस्या रहेकाे उनले वताए । साथै उन्न किसिमकाे गहुँकाे विउ पनि पाउन समस्या भएकाे कृषकहरुले गुनासाे गरेकाे जयसवालले वताए । मल र विउकाे समस्या पनि समाधान भईदिएकाे भए ठूलाे राहत हुने थियाे उनले सुनाए । कृषककाे समस्याकाे लागि आफुले आफ्नाे तहबाट समाधान गर्ने प्रयास गर्ने समेत आश्वासन दिए ।

समाजिक क्षेत्रकाे लामाे अनुभव रहेकाे नवनिर्वाचित जयसवालसंग त्यस क्षेत्रकाे जनता ठूलाे आश समेत गरेका छन् । जयसवाल सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवालका दाई हुन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...