Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सर्लाही २ मा राजेन्द्र महताेलाई हराउँदै महिन्द्र राय यादव विजयी

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्हबाट चुनाव लडेका महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए ।

महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्ता गठबन्धनले यादवलाई साथ दिएको थियो ।

यसै क्षेत्रका प्रतिनिधि सभा सदस्यका नेकपा एमाले उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत, जनमत पार्टी नरेश प्रसाद कुशवाहा ६ हजार ५५४ मत, नेपाल संघिय समाजवादी पार्टीका माेस्तकिम अंसारी १६४ मत, हाम्राे नेपाली पार्टीका बिरबंश बैठा ९०६ मत, राप्रपाका विकेश महताे ६७३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका जयकरण महताे ५६९ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...