Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

सर्लाही २ मा राजेन्द्र महताेलाई हराउँदै महिन्द्र राय यादव विजयी

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्हबाट चुनाव लडेका महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए ।

महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्ता गठबन्धनले यादवलाई साथ दिएको थियो ।

यसै क्षेत्रका प्रतिनिधि सभा सदस्यका नेकपा एमाले उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत, जनमत पार्टी नरेश प्रसाद कुशवाहा ६ हजार ५५४ मत, नेपाल संघिय समाजवादी पार्टीका माेस्तकिम अंसारी १६४ मत, हाम्राे नेपाली पार्टीका बिरबंश बैठा ९०६ मत, राप्रपाका विकेश महताे ६७३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका जयकरण महताे ५६९ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...