Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बारा ३ मा एमालेकी ज्वाला साह विजयी

spot_img
spot_img

वीरगंज । बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह विजयी भएकी छन् ।

एमालेकी पोलिट ब्युरो सदस्य साह जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गर्दै साह प्रतिनिधि सभा सदस्यमा विजयी भएकी हुन् ।

साहले २० हजार २५१ मत ल्याउनु भयो भने यादवले १७ हजार २६९ मत प्राप्त गरेकी छन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार लाेसपाका लालबाबु सिंह भुइहार ११ हजार ९६४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्मा ३ हजार ४७९ मत, जनमत पार्टीका राधिका देवी साह ३ हजार ३३१ मत पाएका छन् । 

यस क्षेत्रमा एमाले-जसपा बिच गठबन्धन भएकाे थियाे । दुबै दलका उम्मेदवार चुनाव लडेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...