Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारा ३ मा एमालेकी ज्वाला साह विजयी

spot_img
spot_img

वीरगंज । बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह विजयी भएकी छन् ।

एमालेकी पोलिट ब्युरो सदस्य साह जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गर्दै साह प्रतिनिधि सभा सदस्यमा विजयी भएकी हुन् ।

साहले २० हजार २५१ मत ल्याउनु भयो भने यादवले १७ हजार २६९ मत प्राप्त गरेकी छन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार लाेसपाका लालबाबु सिंह भुइहार ११ हजार ९६४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्मा ३ हजार ४७९ मत, जनमत पार्टीका राधिका देवी साह ३ हजार ३३१ मत पाएका छन् । 

यस क्षेत्रमा एमाले-जसपा बिच गठबन्धन भएकाे थियाे । दुबै दलका उम्मेदवार चुनाव लडेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...