Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

काँग्रेसको गढलाई ढाल्दै बारा १ मा एमालेका मैनाली विजयी

spot_img
spot_img

वीरगंज । बारा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका मैनाली ठूलो मतान्तरले आफ्ना प्रतिद्वन्धी सत्ता गठबन्धनका उम्मेदवार उमाकान्त चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार ९ हजार १३९ मतान्तरले मैनाली विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका थिए । मैनालीबाट पराजित चाैधरी यसै क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री समेत हुन् ।

बारा जिल्ला क्षेत्र नं. १ नेपाली काँग्रेसको गढ भएपनि यस पटक मैनालीले कांग्रेसकाे गढलाई ढाल्दै ठूलो मतान्तरले विजयी भएका छन् ।

गत २०७४ सालको निर्वाचनमा चौधरीले २४ हजार ४५० मत ल्याई विजयी भएका थिए भने त्यस बखत उनका प्रतिद्वन्दी रहेका मैनाली २२ हजार ३० मत प्राप्त गरेका थिए । तर यस पटकको निर्वाचनमा मैनाली चौधरीलाई ९ हजार १३९ मतले पछार्दै विजयी भएका हुन् ।

काँग्रेसको गढ नै रहेको यस क्षेत्रमा पटक पटक विजयी हुने गरेको चौधरीलाई उक्त क्षेत्रका जनताले मन पराउन छाडेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...