Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

राैतहट २ मा पनि स्वतन्त्र उम्मेदवार किरण साह विजयी

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे राैतहट निर्वाचन क्षेत्र नं. २ बाट पनि प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार किरण साह निर्वाचित भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका माे. फिरदाेस आलमलाई ४ हजार ५९४ मतले हराउँदै स्वतन्त्र उम्मेदवार साह विजयी भएका छन् ।

किरणले ३२ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका आलमले २८ हजार २४८ मत ल्याएका हुन् । प्रतिनिधि सभा सदस्यका एमाले-जसपा गठबन्धनका उम्मेदवार जसपाका शैलेन्द्र साहले २ हजार १२२ मत, जनमत पार्टीका रामयस झा एक हजार ४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार किरणलाई राैतहट क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार पूर्व मन्त्री प्रभु साहकाे समर्थन थियाे । प्रभु साह कै पहलमा निर्वाचनकाे एक दिन पहिला जसपाका उम्मेदवार शैलेन्द्र साहले पनि स्वतन्त्र उम्मेदवार किरण साहलाई समर्थन गरेका थिए । 

स्वतन्त्र उम्मेदवार किरण साहबाट पराजित भएका कांग्रेसका फिरदाेस आलम निर्वतमान सांसद माे. अफताब आलमका छाेरा हुन् । अफताब अहिले जिउदाे मान्छेलाई जलाएकाे आराेपमा कारागारमा भएका कारण कांग्रेसले उनका छाेरा फिरदाेसलाई चुनाव लडाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...