Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

राैतहट २ मा पनि स्वतन्त्र उम्मेदवार किरण साह विजयी

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे राैतहट निर्वाचन क्षेत्र नं. २ बाट पनि प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार किरण साह निर्वाचित भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका माे. फिरदाेस आलमलाई ४ हजार ५९४ मतले हराउँदै स्वतन्त्र उम्मेदवार साह विजयी भएका छन् ।

किरणले ३२ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका आलमले २८ हजार २४८ मत ल्याएका हुन् । प्रतिनिधि सभा सदस्यका एमाले-जसपा गठबन्धनका उम्मेदवार जसपाका शैलेन्द्र साहले २ हजार १२२ मत, जनमत पार्टीका रामयस झा एक हजार ४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार किरणलाई राैतहट क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार पूर्व मन्त्री प्रभु साहकाे समर्थन थियाे । प्रभु साह कै पहलमा निर्वाचनकाे एक दिन पहिला जसपाका उम्मेदवार शैलेन्द्र साहले पनि स्वतन्त्र उम्मेदवार किरण साहलाई समर्थन गरेका थिए । 

स्वतन्त्र उम्मेदवार किरण साहबाट पराजित भएका कांग्रेसका फिरदाेस आलम निर्वतमान सांसद माे. अफताब आलमका छाेरा हुन् । अफताब अहिले जिउदाे मान्छेलाई जलाएकाे आराेपमा कारागारमा भएका कारण कांग्रेसले उनका छाेरा फिरदाेसलाई चुनाव लडाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...