Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बारा १ बाट एमालेका अच्युत मैनालीकाे जित निश्चित

spot_img
spot_img

वीरगंज । बाराकाे क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका अच्युत प्रसाद मैनालीकाे जित निश्चित भएकाे छ । मैनालीले निकटतम् प्रतिस्पर्धि नेपाली कांग्रेसका उमाकान्त चाैधरीलाई ८ हजार भन्दा बढी मतले अग्रता कायम राखेकाेले जित निश्चित भएकाे हाे ।

एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका एमालेका मैनालीले ३४ हजार २६ मत पाउँदा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका कांग्रेसका चाैधरीले २५ हजार ९७९ मत पाएका छन् । मैनालीबाट पराजित हुन लागेका कांग्रेसका चाैधरी निर्वतमान प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री समेत हुन् ।

यसै क्षेत्रका प्रतिनिधि सभा सदस्यका अर्का प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल २ हजार ७६१ मत, राप्रका भक्त बहादुर दर्लामी एक हजार ४३६ मत, स्वतन्त्र उम्मेदवार अनिल कुमार गुप्ता एक हजार ८७ मत, जनमत पार्टीका मनाेज कुमार यादव ७६९ मत, हाम्राे नेपाली पार्टीका राकेश कुमार न्याैपाने ६०६ मत र राप्रपा नेपालका शिव प्रसाद तिमल्सिना १३५ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...