Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारा १ बाट एमालेका अच्युत मैनालीकाे जित निश्चित

spot_img
spot_img

वीरगंज । बाराकाे क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका अच्युत प्रसाद मैनालीकाे जित निश्चित भएकाे छ । मैनालीले निकटतम् प्रतिस्पर्धि नेपाली कांग्रेसका उमाकान्त चाैधरीलाई ८ हजार भन्दा बढी मतले अग्रता कायम राखेकाेले जित निश्चित भएकाे हाे ।

एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका एमालेका मैनालीले ३४ हजार २६ मत पाउँदा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका कांग्रेसका चाैधरीले २५ हजार ९७९ मत पाएका छन् । मैनालीबाट पराजित हुन लागेका कांग्रेसका चाैधरी निर्वतमान प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री समेत हुन् ।

यसै क्षेत्रका प्रतिनिधि सभा सदस्यका अर्का प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल २ हजार ७६१ मत, राप्रका भक्त बहादुर दर्लामी एक हजार ४३६ मत, स्वतन्त्र उम्मेदवार अनिल कुमार गुप्ता एक हजार ८७ मत, जनमत पार्टीका मनाेज कुमार यादव ७६९ मत, हाम्राे नेपाली पार्टीका राकेश कुमार न्याैपाने ६०६ मत र राप्रपा नेपालका शिव प्रसाद तिमल्सिना १३५ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...