Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा २ काे प्रतिनिधि सभा सदस्यमा कांग्रेसका चाैरसिया विजयी

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका अजय चौरसिया भारी मतान्तरले विजयी भएका छन् ।

पाँच दलीय बाम लाेकतान्त्रिक गठबनधनका उम्मेदवार चौरसिया निकटतम् प्रतिस्पर्धी जसपा–एमाले गठबनधनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतले विजयी भएका हुन् ।

कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले २८ हजार ४ सय ५१ मत पाउँदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् । चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित भएका हुन् । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए ।

२०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित भएका थिए । त्यस बेला श्रीवास्तवले २१ हजार १ सय ६९ मत पाएका थिए भने दोश्रो स्थानमा रहेका चौरसियाले १९ हजार ७ सय ४ मत पाएका थिए ।

यस क्षेत्र कै प्रतिनिधीसभा सदस्यका राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७ सय ४१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेल ९७१ मत, नेपाल लाेकतान्त्रिक पार्टीका हरिहर प्रसाद साह कानु ३४९ मत र जनसमाजवादी पार्टी नेपालका सत्यनारायण प्रसाद साह २४० मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...