Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

निजि क्षेत्रले स्वच्चेछिक रुपमा कर बुझाउनु पर्छ : प्रजिअ ढकाल

spot_img
spot_img

वीरगंज । आन्तरिक राजश्व कार्यालय वीरगंजकाे आयाेजनामा राष्ट्रिय कर दिवस तथा सप्ताह मनाइएकाे छ । “स्वच्चेछिक सहभागिता सहितकाे फराकिलाे कराधार दिगाे र उत्पादनमुखी अर्थतन्त्रकाे आधार” नारासहित कर सप्ताहकाे अन्तिम दिन बुधाबार आयाेजित कार्यक्रम सम्पन्न भएकाे हाे ।

आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कपिल प्रसाद सुबेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ३ जना उत्कृष्ठ करदाता तथा एक जना उत्कृष्ठ कर्मचारीलाई सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रममा उत्कृष्ठ करदाताकाे रुपमा सेवा क्षेत्रकाे धेरै कर बुझाउने ओमनी इन्टरनेशनल प्रालिलाई, व्यापार क्षेत्रकाे धेरै कर बुझाउने कमलामाेहन इन्टरनेशनल प्रालि र उद्याेग तर्फ धेरै कर बुझाउने   सुप्रिम रबर उद्याेगलाई सम्मान गरिएकाे थियाे । त्यसैगरी आन्तरिक राजश्व कार्यालयकाे उत्कृष्ट कर्मचारीकाे रुपमा कम्प्युटर अपरेटर श्यामबाबु साहलाई सम्मान गरिएकाे थियाे ।

चारै जनालाई कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खादा र प्रमाण पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा वाेल्दै प्रमुख वजिल्ला अधिकारी ढकालले निजि क्षेत्रकाे विकासकाे लागि निजि क्षेत्र र सरकारी क्षेत्र बिचकाे समन्वय जरुरी रहेकाे वताए । निजि क्षेत्रहरुले इमान्दारिक पूर्वक स्वच्चेछिक रुपले कर बुझाउनु पर्ने र सरकारी तहबाट हुनु पर्ने दायित्व पनि पुरा गर्नु पर्ने वताए । 

आन्तरिक राजश्व कार्यालय वीरगंजकाे प्राङ्गणमा भएकाे कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पाैडेल, नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक राजनदेव भट्टराई, उद्याेग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरजंग उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ता लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रमकाे संचालन कर अधिकृत संदिप पटेलले गरेका थिए भने स्वागत मन्तव्य कर अधिकृत एवम् सुचना अधिकृत संजय कुमार सरदारले राखेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...