Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रदेश सभा पर्सा क्षेत्र नं. २ (२) मा पुन: रमेश कुर्मी विजयी

spot_img
spot_img

वीरगंज । प्रदेश सभा पर्सा निर्वाचन क्षेत्र नं. २ (२) मा पुन: लाेसपाका रमेश प्रसाद कुर्मी निर्वाचित भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका सांझा उम्मेदवार कुर्मी निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई २ हजार ६३७ मतले हराउँदै विजयी भएका हुन् ।

प्रदेश सभा सदस्यमा पुन: कुर्मीले ९ हजार ४७१ मत ल्याएर विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी जसपाका बागी उम्मेदवार सिंह ६ हजार ८ सय ३४ मत पाएका थिए । कुर्मी यस अघिकाे निर्वाचनमा पनि यसै क्षेत्रबाट तत्कालिन राजपा अर्थात हालकाे लाेसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसपालिकाे निर्वाचनमा कुर्मी दाेस्राे पटक निर्वाचित भएका हुन् । 

अर्का प्रतिस्पर्धी एमाले-जसपा गठबन्धनका उम्मेदवार एमालेका हरेराम प्रसाद पटेल ३ हजार ७९० मत, राप्रपाका प्रमानन्द साह कानु २ हजार ८३६ मत, स्वतन्त्र उम्मेदवार करिमा बेगम एक हजार ५०१ मत, मुकेश कुमार द्ववेदी ७९२ मत पाएका छन् । बेगम र द्विवेदी जसपाका बागी उम्मेदवार थिए । दुबै जनाले जसपाबाट नै प्रदेशसभा सदस्यकाे टिकटकाे आंकाक्षी रहेपनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका थिए ।

त्यसैगरी यसै क्षेत्रका अर्का प्रदेशसभा सदस्यका उम्मेदवार नेपाल लाेकतान्त्रिक पार्टीका हरिशंकर प्रसाद साह ३२१ मत, अर्का स्वतन्त्र उम्मेदवार छाेटेलाल प्रसाद कुर्मी २२७ मत, जनता प्रगशिल पार्टीका भरत भुष्ण पाण्डे १५४ मत, अर्का स्वतन्त्र उम्मेदवार शिवम् कुमार कर्ण १३८ मत पाएका छन्  । अन्य ४ जना स्वतन्त्र उम्मेदवारले एक सय मत पनि कटाउन सकेका छैनन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...