Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रदेश सभा पर्सा क्षेत्र नं. २ (२) मा पुन: रमेश कुर्मी विजयी

spot_img
spot_img

वीरगंज । प्रदेश सभा पर्सा निर्वाचन क्षेत्र नं. २ (२) मा पुन: लाेसपाका रमेश प्रसाद कुर्मी निर्वाचित भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका सांझा उम्मेदवार कुर्मी निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई २ हजार ६३७ मतले हराउँदै विजयी भएका हुन् ।

प्रदेश सभा सदस्यमा पुन: कुर्मीले ९ हजार ४७१ मत ल्याएर विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी जसपाका बागी उम्मेदवार सिंह ६ हजार ८ सय ३४ मत पाएका थिए । कुर्मी यस अघिकाे निर्वाचनमा पनि यसै क्षेत्रबाट तत्कालिन राजपा अर्थात हालकाे लाेसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसपालिकाे निर्वाचनमा कुर्मी दाेस्राे पटक निर्वाचित भएका हुन् । 

अर्का प्रतिस्पर्धी एमाले-जसपा गठबन्धनका उम्मेदवार एमालेका हरेराम प्रसाद पटेल ३ हजार ७९० मत, राप्रपाका प्रमानन्द साह कानु २ हजार ८३६ मत, स्वतन्त्र उम्मेदवार करिमा बेगम एक हजार ५०१ मत, मुकेश कुमार द्ववेदी ७९२ मत पाएका छन् । बेगम र द्विवेदी जसपाका बागी उम्मेदवार थिए । दुबै जनाले जसपाबाट नै प्रदेशसभा सदस्यकाे टिकटकाे आंकाक्षी रहेपनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका थिए ।

त्यसैगरी यसै क्षेत्रका अर्का प्रदेशसभा सदस्यका उम्मेदवार नेपाल लाेकतान्त्रिक पार्टीका हरिशंकर प्रसाद साह ३२१ मत, अर्का स्वतन्त्र उम्मेदवार छाेटेलाल प्रसाद कुर्मी २२७ मत, जनता प्रगशिल पार्टीका भरत भुष्ण पाण्डे १५४ मत, अर्का स्वतन्त्र उम्मेदवार शिवम् कुमार कर्ण १३८ मत पाएका छन्  । अन्य ४ जना स्वतन्त्र उम्मेदवारले एक सय मत पनि कटाउन सकेका छैनन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...