Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेशसभा पर्सा क्षेत्र नं. १ (१) मा माओवादीका रहबर विजयी

spot_img
spot_img

वीरगंज । प्रदेश सभा पर्सा निर्वाचन क्षेत्र नं. १ (१) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धका सांझा उम्मेदवार समेत रहेका रहबरले एमाले-जसपा गठबन्धका उम्मेदवार एमालेका बिचारी यादवलाई दुई हजार दुई सय ९९ मतले हराउँदै विजयी भएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित रहबर माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी यस क्षेत्रकाे युवामा लाेकप्रिय छन् । उनी यस अघिकाे निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य मै चुनाव लडेपनि जसपाका जनत अन्सारीबाट पराजित भएका थिए । जुन निर्वतमान प्रदेश सभा सदस्य यसपालिकाे निर्वाचनमा स्वतन्त्र चुनाव लडेपनि तेस्राे स्थानमा पुगेका छन् ।

माओवादीका रहबर ७ हजार ८ सय १७ मत ल्याएर विजयी हुँदा उनकाे निकटतम् प्रतिद्वन्दी एमालेका बिचारीले ५ हजार ५ सय १८ मत मात्र पाएका छन् । प्रदेशसभा सदस्यमा पराजित ब्यहाेरेका बिचारी संविधान सभा सदस्य समेत हुन् । उनी पहिलाे संविधान सभाकाे निर्वाचनमा एमालेबाट नै निर्वाचित भएका थिए ।

रहबरका अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जनत ५ हजार २ सय ८६ मत पाएका छन् । यसपालिकाे निर्वाचनमा पराजित भएका जनत यस अघिकाे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपाल अर्थात हालकाे जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसपालि जसपाले गठबन्धनका कारण टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए ।

रहबरका अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सुधिर पटेलले ४ हजार ५४ मत पाएका छन् । नेपाली कांग्रेस निकटका विद्यार्थी संगठन नेवि संघका पूर्व केन्द्रिय सदस्य समेत रहेका सुधिरले कांग्रेसबाट प्रदेशसभा सदस्यकाे टिकटकाे अंकाक्षी रहेपनि टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका थिए ।

यस क्षेत्र कै प्रदेश सभा सदस्यका अर्का उम्मेदवार राप्रका अनिल कुमार कुशवाहा २ हजार ५ सय ५१ मत, नेपाल संघिय समाजवादी पार्टीका साेएब अन्सारी ७ सय ५४ मत, स्वतन्त्र उम्मेदवार किशाेर प्रसाद यादव ४७४ मत, रामनारायण राउत २७१ मत, जनमत पार्टीका उम्मेदवार वाजुल हक अन्सारी २ सय ५० मत, नेपाल लाेकतान्त्रिक पार्टीका अमान्नुलाह अन्सारी एक सय १० मत पाएका छन् । यस क्षेत्र कै अन्य ८ जना स्वतन्त्र उम्मेदवारले एक सय मत पनि कटाउन सकेका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...