Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रदेशसभा पर्सा क्षेत्र नं. १ (१) मा माओवादीका रहबर विजयी

spot_img
spot_img

वीरगंज । प्रदेश सभा पर्सा निर्वाचन क्षेत्र नं. १ (१) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धका सांझा उम्मेदवार समेत रहेका रहबरले एमाले-जसपा गठबन्धका उम्मेदवार एमालेका बिचारी यादवलाई दुई हजार दुई सय ९९ मतले हराउँदै विजयी भएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित रहबर माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी यस क्षेत्रकाे युवामा लाेकप्रिय छन् । उनी यस अघिकाे निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य मै चुनाव लडेपनि जसपाका जनत अन्सारीबाट पराजित भएका थिए । जुन निर्वतमान प्रदेश सभा सदस्य यसपालिकाे निर्वाचनमा स्वतन्त्र चुनाव लडेपनि तेस्राे स्थानमा पुगेका छन् ।

माओवादीका रहबर ७ हजार ८ सय १७ मत ल्याएर विजयी हुँदा उनकाे निकटतम् प्रतिद्वन्दी एमालेका बिचारीले ५ हजार ५ सय १८ मत मात्र पाएका छन् । प्रदेशसभा सदस्यमा पराजित ब्यहाेरेका बिचारी संविधान सभा सदस्य समेत हुन् । उनी पहिलाे संविधान सभाकाे निर्वाचनमा एमालेबाट नै निर्वाचित भएका थिए ।

रहबरका अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जनत ५ हजार २ सय ८६ मत पाएका छन् । यसपालिकाे निर्वाचनमा पराजित भएका जनत यस अघिकाे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपाल अर्थात हालकाे जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसपालि जसपाले गठबन्धनका कारण टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए ।

रहबरका अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सुधिर पटेलले ४ हजार ५४ मत पाएका छन् । नेपाली कांग्रेस निकटका विद्यार्थी संगठन नेवि संघका पूर्व केन्द्रिय सदस्य समेत रहेका सुधिरले कांग्रेसबाट प्रदेशसभा सदस्यकाे टिकटकाे अंकाक्षी रहेपनि टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका थिए ।

यस क्षेत्र कै प्रदेश सभा सदस्यका अर्का उम्मेदवार राप्रका अनिल कुमार कुशवाहा २ हजार ५ सय ५१ मत, नेपाल संघिय समाजवादी पार्टीका साेएब अन्सारी ७ सय ५४ मत, स्वतन्त्र उम्मेदवार किशाेर प्रसाद यादव ४७४ मत, रामनारायण राउत २७१ मत, जनमत पार्टीका उम्मेदवार वाजुल हक अन्सारी २ सय ५० मत, नेपाल लाेकतान्त्रिक पार्टीका अमान्नुलाह अन्सारी एक सय १० मत पाएका छन् । यस क्षेत्र कै अन्य ८ जना स्वतन्त्र उम्मेदवारले एक सय मत पनि कटाउन सकेका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...