Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रदेशसभा पर्सा ४ (१) मा पुन: कांग्रेसका चाैधरी विजयी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा क्षेत्र नम्बर ४ (१) मा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शंकर चौधरी निर्वाचित भएका छन् ।

मंगलबार बेलुकी पर्सा ४ (१) को सकिएको मगणनाको अन्तिम परिणाम अनुसार, निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई १ हजार ७ सय १६ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

चौधरी, दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट चौधरी निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए । दाेस्राे पटक हार ब्यहाेरेका थारु एमाले पर्साका अध्यक्ष हुन् । 

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका चौधरीले १२ हजार १ सय ५४ मत पाउँदा जसपा–एमालेका साझा उम्मेदवार थारुले १० हजार ४ सय ३८ मत मात्रै पाएका छन् । यसै क्षेत्रका स्वतन्त्र उम्मेदवार वीरेन्द्र यादवले ३ हजार २ सय ३१ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...