Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

प्रदेशसभा पर्सा ४ (१) मा पुन: कांग्रेसका चाैधरी विजयी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा क्षेत्र नम्बर ४ (१) मा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शंकर चौधरी निर्वाचित भएका छन् ।

मंगलबार बेलुकी पर्सा ४ (१) को सकिएको मगणनाको अन्तिम परिणाम अनुसार, निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई १ हजार ७ सय १६ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

चौधरी, दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट चौधरी निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए । दाेस्राे पटक हार ब्यहाेरेका थारु एमाले पर्साका अध्यक्ष हुन् । 

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका चौधरीले १२ हजार १ सय ५४ मत पाउँदा जसपा–एमालेका साझा उम्मेदवार थारुले १० हजार ४ सय ३८ मत मात्रै पाएका छन् । यसै क्षेत्रका स्वतन्त्र उम्मेदवार वीरेन्द्र यादवले ३ हजार २ सय ३१ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...