Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रदेशसभा पर्सा २(१) मा कांग्रेसका श्याम पटेल विजयी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. २ (१) मा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवरा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवलाई एक हजार ६ सय ५७ मतले हराउँदै पटेल विजयी भएका हुन् ।

कांग्रेस पर्साका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले १३ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी हुँदा जसपाका यादवले १२ हजार एक सय २७ मत पाएका थिए । यादव एमाले-जसपा गठबन्धनका सांझा उम्मेदवार थिए । यस अघिकाे निर्वाचनमा पनि यस क्षेत्रमा कांग्रेसका राजेश्वर प्रसाद साहले यादवलाई नै हराउँदै विजयी भएका थिए । दाेस्राे पटक हार ब्याेहाेरेका यादव जसपा पर्सा अध्यक्ष समेत हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित पटेल युवाहरुको माझमा पनि लोकप्रिय छन् । यसअघिको निर्वाचनमा उनले टिकट पाएका थिएनन् । त्यस्तै कांग्रेस पर्साकाे जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिएका पटेल संस्थापन पक्षका जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए ।

उनी प्रदेशसभा निर्वाचित भएकाे खुशियाली मंगलबार सांझ मतगणना स्थल ठाकुर राम बहुमुखी क्याम्पसबाट विजयी समेत निकालिएकाे थियाे । वीरगंज नगरकाे बजार क्षेत्रमा परिक्रमा गर्दै उनकाे निवास सम्म पुगेका विजयी जुलुशमा सयाैंकाे संख्यामा उनकाे समर्थकहरुकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी यस क्षेत्रका प्रदेशसभा सदस्यका राप्रका उम्मेदवार हरि प्रसाद चाैधरी एक हजार ७ सय ४१ मत, स्वतन्त्र उम्मेदवार स्याङबाे लामा तामाङ् एक हजार २ सय ८८ मत, अर्का स्वतन्त्र उम्मेदवार जिवन श्रेष्ठ ५ सय ४६ मत, नेपाल लाेकतान्त्रिक पार्टीका मनाेज प्रसाद यादव ४०१ मत, अर्का स्वतन्त्र उम्मेदवार गाेपिचन्द प्रसाद यादव १३१ मत, फरमान अन्सारी ३५ मत र अब्दुल गाेयुम अ‌ंसारी ३३ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...