Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

प्रदेशसभा पर्सा २(१) मा कांग्रेसका श्याम पटेल विजयी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. २ (१) मा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवरा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवलाई एक हजार ६ सय ५७ मतले हराउँदै पटेल विजयी भएका हुन् ।

कांग्रेस पर्साका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले १३ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी हुँदा जसपाका यादवले १२ हजार एक सय २७ मत पाएका थिए । यादव एमाले-जसपा गठबन्धनका सांझा उम्मेदवार थिए । यस अघिकाे निर्वाचनमा पनि यस क्षेत्रमा कांग्रेसका राजेश्वर प्रसाद साहले यादवलाई नै हराउँदै विजयी भएका थिए । दाेस्राे पटक हार ब्याेहाेरेका यादव जसपा पर्सा अध्यक्ष समेत हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित पटेल युवाहरुको माझमा पनि लोकप्रिय छन् । यसअघिको निर्वाचनमा उनले टिकट पाएका थिएनन् । त्यस्तै कांग्रेस पर्साकाे जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिएका पटेल संस्थापन पक्षका जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए ।

उनी प्रदेशसभा निर्वाचित भएकाे खुशियाली मंगलबार सांझ मतगणना स्थल ठाकुर राम बहुमुखी क्याम्पसबाट विजयी समेत निकालिएकाे थियाे । वीरगंज नगरकाे बजार क्षेत्रमा परिक्रमा गर्दै उनकाे निवास सम्म पुगेका विजयी जुलुशमा सयाैंकाे संख्यामा उनकाे समर्थकहरुकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी यस क्षेत्रका प्रदेशसभा सदस्यका राप्रका उम्मेदवार हरि प्रसाद चाैधरी एक हजार ७ सय ४१ मत, स्वतन्त्र उम्मेदवार स्याङबाे लामा तामाङ् एक हजार २ सय ८८ मत, अर्का स्वतन्त्र उम्मेदवार जिवन श्रेष्ठ ५ सय ४६ मत, नेपाल लाेकतान्त्रिक पार्टीका मनाेज प्रसाद यादव ४०१ मत, अर्का स्वतन्त्र उम्मेदवार गाेपिचन्द प्रसाद यादव १३१ मत, फरमान अन्सारी ३५ मत र अब्दुल गाेयुम अ‌ंसारी ३३ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...