Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै उनी चौथोपटक सांसद बनेका छन् ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरेका हुन् । सिंहले ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी सिंहले ७ हजार ०११ मत पाए ।

यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा उनलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा आएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए ।

२०४८ मा काठमाडौं-४ मा र २०५१ मा काठमाडौं-३ मा पराजित भएका उनले २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं-१ मा आएर जितेपछि उनले यहाँबाटै निरन्तर चौथो विजय हात पारेका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ रहेको थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...