Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोल्यो

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामाको एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका युवा नेता २८ वर्षीय योगेश गौचन थकालीले एमालेका उम्मेदवार ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

कांग्रेसका गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाकी छ । योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...