Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सा ३ र ४ काे सर्वदलिय बैठक सम्पन्न, मतगणना सुरु हुँदै

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ र ४ काे सर्वदलिय बैठक सम्पन्न भएकाे छ । मतगणना स्थल श्री जिल्ला उच्चांगल रामदेव कलवार मावि पाेखरियामा आज विहान बसेकाे बैठकले निर्वाचन आयाेगकाे निर्देशिका अनुसार मतगणना गर्ने निर्णय गरेकाे छ ।

सर्वदलिय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेपनि हाल सम्म मतगणना सुरु हुन सकेकाे छैन । मतगणना सुरु गर्ने तयारी भइरहेकाे मतदान अधिकृतकाे कार्यालय पर्सा क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिए ।

सर्वदलिय बैठककाे निर्णय अनुसार सुरुमा प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना हुने छ । क्षेत्र अनुसारकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना गर्ने तयारी भइरहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना सम्पन्न भइसके पश्चात समानुपातिक तर्फकाे मतगणना सुरु गरिने पनि सर्वदलिय बैठकमा सहमति भएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...