Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सा ३ र ४ काे सर्वदलिय बैठक सम्पन्न, मतगणना सुरु हुँदै

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ र ४ काे सर्वदलिय बैठक सम्पन्न भएकाे छ । मतगणना स्थल श्री जिल्ला उच्चांगल रामदेव कलवार मावि पाेखरियामा आज विहान बसेकाे बैठकले निर्वाचन आयाेगकाे निर्देशिका अनुसार मतगणना गर्ने निर्णय गरेकाे छ ।

सर्वदलिय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेपनि हाल सम्म मतगणना सुरु हुन सकेकाे छैन । मतगणना सुरु गर्ने तयारी भइरहेकाे मतदान अधिकृतकाे कार्यालय पर्सा क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिए ।

सर्वदलिय बैठककाे निर्णय अनुसार सुरुमा प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना हुने छ । क्षेत्र अनुसारकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना गर्ने तयारी भइरहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना सम्पन्न भइसके पश्चात समानुपातिक तर्फकाे मतगणना सुरु गरिने पनि सर्वदलिय बैठकमा सहमति भएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...