Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सा १ र २ काे सर्वदलिय बैठक सम्पन्न, मतगणना सुरु हुँदै

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ र २ काे सर्वदलिय बैठक सम्पन्न भएकाे छ । मतगणना स्थल ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा आज विहान बसेकाे बैठक निर्वाचन आयाेगकाे निर्देशिका अनुसार मतगणना गर्ने निर्णय गर्दै सम्पन्न भएकाे जिल्ला निर्वाचन अधिकारी रंजिता झाले जानकारी दिइन ।

सुरुमा प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना गर्ने पनि बैठकमा सहमति भएकाे छ । सहमति अनुसार दुईटै क्षेत्रकाे ३/३ वटा गरी ६ वटा काेठामा एकै पटक मतगणना सुरु गर्ने तयारी छ । एउटा क्षेत्रकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे छुटाछुट्टै मतगणना गरिने छ । 

मतगणना गरिने काेठामा तार जालिसहित सिसि टिभि क्यामराकाे समेत व्यवस्थापन गरिएकाे छ । 

सर्वदलिय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...