Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

पर्सा १ र २ काे सर्वदलिय बैठक सम्पन्न, मतगणना सुरु हुँदै

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ र २ काे सर्वदलिय बैठक सम्पन्न भएकाे छ । मतगणना स्थल ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा आज विहान बसेकाे बैठक निर्वाचन आयाेगकाे निर्देशिका अनुसार मतगणना गर्ने निर्णय गर्दै सम्पन्न भएकाे जिल्ला निर्वाचन अधिकारी रंजिता झाले जानकारी दिइन ।

सुरुमा प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना गर्ने पनि बैठकमा सहमति भएकाे छ । सहमति अनुसार दुईटै क्षेत्रकाे ३/३ वटा गरी ६ वटा काेठामा एकै पटक मतगणना सुरु गर्ने तयारी छ । एउटा क्षेत्रकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे छुटाछुट्टै मतगणना गरिने छ । 

मतगणना गरिने काेठामा तार जालिसहित सिसि टिभि क्यामराकाे समेत व्यवस्थापन गरिएकाे छ । 

सर्वदलिय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...