Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्साकाे दुई स्थानमा मतगणनकाे तयारी

spot_img
spot_img

वीरगंज । पर्सामा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनकाे मतगणना दुई स्थानमा हुने भएको छ । जिल्लामा रहेको चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा सदस्यको मतगणना दुई स्थानमा हुने मुख्य निर्बाचन अधिकृत बिनोद कुमार पोखरेलले जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पस हुने छ भने क्षेत्र नम्बर ३ र  ४ को मतगणना कार्य पोखरिया नगरपालिकास्थित श्री जिल्ला उच्चांगल माबि पाेखरियामा हुने उनले बताए ।

दुबै मतगणना स्थलकाे ब्यावस्थापन भइसकेकाे छ । मतगणना स्थललाई तारजालीले घेरिनुकाे साथै सिसिटिभी क्यामेराको समेत जडान गरिएको छ ।

मतगणना स्थलमा सर्ब साधारणको मत परिणाम जानकारी गराउनको लागि माईकिङको ब्यावस्था मिलाइएको तथा पत्रकारहरुको लागि सुचना उल्बध गराउने पनि ब्यावस्था मिलाइएको अधिकृत पाेखरेलले वताए ।

निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्न भनेपनि पर्सामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ ।

मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने पोखरेलको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...