Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

पर्साकाे दुई स्थानमा मतगणनकाे तयारी

spot_img
spot_img

वीरगंज । पर्सामा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनकाे मतगणना दुई स्थानमा हुने भएको छ । जिल्लामा रहेको चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा सदस्यको मतगणना दुई स्थानमा हुने मुख्य निर्बाचन अधिकृत बिनोद कुमार पोखरेलले जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पस हुने छ भने क्षेत्र नम्बर ३ र  ४ को मतगणना कार्य पोखरिया नगरपालिकास्थित श्री जिल्ला उच्चांगल माबि पाेखरियामा हुने उनले बताए ।

दुबै मतगणना स्थलकाे ब्यावस्थापन भइसकेकाे छ । मतगणना स्थललाई तारजालीले घेरिनुकाे साथै सिसिटिभी क्यामेराको समेत जडान गरिएको छ ।

मतगणना स्थलमा सर्ब साधारणको मत परिणाम जानकारी गराउनको लागि माईकिङको ब्यावस्था मिलाइएको तथा पत्रकारहरुको लागि सुचना उल्बध गराउने पनि ब्यावस्था मिलाइएको अधिकृत पाेखरेलले वताए ।

निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्न भनेपनि पर्सामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ ।

मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने पोखरेलको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...