Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, मतपेटिका संकलन हुँदै

spot_img
spot_img

वीरगंज । पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । १ सय ६७ मतदान स्थलमा तयार गरिएको ४ सय १२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो । हाल मतगणना स्थलमा मतपेटिका संकलनकाे कार्य भइरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

क्षेत्र नं. १ र २ अन्तर्गतका मतपेटिकाहरु मतगणना स्थल ठाकुर राम क्याम्पस वीरगंजमा संकलन कार्य भइरहेकाे छ भने क्षेत्र नं. ३ र ४ काे मतगणना स्थल श्री जिल्ला उच्चांगल मावि पाेखरिया मतपेटिका संकलन कार्य भइरहेकाे छ ।

जिल्लामा ५१ प्रतिशत भन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘मतदान अधिकृत आएर मतपेटिका नबुझाएसम्म यकिन तथ्यांक आउँदैन,’ उनले भने, ‘सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ५१ प्रतिशत भन्दा बढी मत खसेको अनुमान छ ।’

पर्सा क्षेत्र नं. ४ मा ५५ प्रतिशत जति मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सूचना अधिकारी सुरेन्द्र यादवले वताए ।  मतगणना स्थलमा क्षेत्र अन्तर्गतका सम्पूर्ण मतदान केन्द्रकाे मतपेटिका पुगिसकेपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने उनले वताए । मतगणनाकाे लागि सम्पूर्ण तयारी पुरा भइसकाे सूचना अधिकारी यादवले जानकारी दिए ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्सामा ७० प्रतिशत मत खसेको थियो । ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...