Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, मतपेटिका संकलन हुँदै

spot_img
spot_img

वीरगंज । पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । १ सय ६७ मतदान स्थलमा तयार गरिएको ४ सय १२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो । हाल मतगणना स्थलमा मतपेटिका संकलनकाे कार्य भइरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

क्षेत्र नं. १ र २ अन्तर्गतका मतपेटिकाहरु मतगणना स्थल ठाकुर राम क्याम्पस वीरगंजमा संकलन कार्य भइरहेकाे छ भने क्षेत्र नं. ३ र ४ काे मतगणना स्थल श्री जिल्ला उच्चांगल मावि पाेखरिया मतपेटिका संकलन कार्य भइरहेकाे छ ।

जिल्लामा ५१ प्रतिशत भन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘मतदान अधिकृत आएर मतपेटिका नबुझाएसम्म यकिन तथ्यांक आउँदैन,’ उनले भने, ‘सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ५१ प्रतिशत भन्दा बढी मत खसेको अनुमान छ ।’

पर्सा क्षेत्र नं. ४ मा ५५ प्रतिशत जति मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सूचना अधिकारी सुरेन्द्र यादवले वताए ।  मतगणना स्थलमा क्षेत्र अन्तर्गतका सम्पूर्ण मतदान केन्द्रकाे मतपेटिका पुगिसकेपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने उनले वताए । मतगणनाकाे लागि सम्पूर्ण तयारी पुरा भइसकाे सूचना अधिकारी यादवले जानकारी दिए ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्सामा ७० प्रतिशत मत खसेको थियो । ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...