Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेसले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार किसान श्रेष्ठको विरुद्धमा प्रचार प्रसार गरेको भन्दै पार्टीका जिल्ला उपसभापति सहित तीन जना नेतालाइ कारबाही गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले काँग्रेस जिल्ला उपसभापति अमिरीलाल राउत भेडिहर, जिल्ला सदस्य हरि थपलिया र क्षेत्रीय प्रतिनिधी सुशील ढोडारीलाई पार्टीको साधरण सदस्य समेतबाट निलम्बित गरेको हो ।

बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नकेपा एकिकृत समाजवादीका किसान श्रेष्ठ उम्मेदवार छन् ।

पार्टीको आधिकारिक उम्मेदवार श्रेष्ठ विरुद्ध प्रचार प्रसारमा संलग्न भएकाले तीनै जनालाइ काँग्रेसको विधान २०१७ को धारा ३४ बमोजिम पार्टीको साधरण सदस्य समेत नरहने गरि निलम्बन गरिएको काँग्रेसको केन्द्रिय अनुशासन समिति संयोजक आनन्द प्रसाद ढुंगानाद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...