Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेसले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार किसान श्रेष्ठको विरुद्धमा प्रचार प्रसार गरेको भन्दै पार्टीका जिल्ला उपसभापति सहित तीन जना नेतालाइ कारबाही गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले काँग्रेस जिल्ला उपसभापति अमिरीलाल राउत भेडिहर, जिल्ला सदस्य हरि थपलिया र क्षेत्रीय प्रतिनिधी सुशील ढोडारीलाई पार्टीको साधरण सदस्य समेतबाट निलम्बित गरेको हो ।

बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नकेपा एकिकृत समाजवादीका किसान श्रेष्ठ उम्मेदवार छन् ।

पार्टीको आधिकारिक उम्मेदवार श्रेष्ठ विरुद्ध प्रचार प्रसारमा संलग्न भएकाले तीनै जनालाइ काँग्रेसको विधान २०१७ को धारा ३४ बमोजिम पार्टीको साधरण सदस्य समेत नरहने गरि निलम्बन गरिएको काँग्रेसको केन्द्रिय अनुशासन समिति संयोजक आनन्द प्रसाद ढुंगानाद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...