Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

मौन अवधिमा प्रचार सामग्रीसहित द्विवेदी स्थानियकाे नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थितर समय अर्थात (माैन अवधि) मा शनिबार राति प्रचार प्रसार गरेकाे भन्दै प्रचार समाग्रीसहित पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवारी अजय द्विवेदी प्रचार युवाहरुले नियन्त्रणमा लिएर विराेध गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ स्थित मिलन चोकमा द्विवेदीलाई स्थानीय युवाहरुले मौन अवधिकाे क्रममा निर्वाचन लक्षित प्रचार प्रसार सामग्रीसहित नियन्त्रणमा लिएर विराेध गरेका हुन् । द्विवेदी सवार बागमती प्रदेश ०१ ०२७ च ७०२४ नम्बर को गाडीबाट स्थानीयहरुले प्रचार प्रसार सामग्री समेत फेला पार्दै प्रश्न गरिरहेकाे भिडियाे समाजिक संजालमा भाइरल भएकाे छ ।

मौन अवधिका क्रममा प्रचार प्रसार गर्न नमिल्ने भएपनि द्विवेदीले निर्वाचन आचार सहिंतालाई उलंघन गर्दै द्विवेदीले प्रचार प्रसार सामग्री बोकेर मतदातालाई प्रभावित गर्न खोजिरहेको स्थानियहरुकाे आराेप छ ।

शनिबार दिउसाे नै पर्साकाे क्षेत्र नं. ४ काे कालिकामाई गाउँपालिकाबाट प्रचार प्रसार सामग्रीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियँका छोरा सहबिर अहमद सवार गाडीबाट नमुना मतपत्रसहितका प्रचार सामग्री फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर निर्वाचन अधिकृतकाे कार्यालयलाई बुझाएकाे थियाे ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...