Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

मौन अवधिमा प्रचार सामग्रीसहित द्विवेदी स्थानियकाे नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थितर समय अर्थात (माैन अवधि) मा शनिबार राति प्रचार प्रसार गरेकाे भन्दै प्रचार समाग्रीसहित पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवारी अजय द्विवेदी प्रचार युवाहरुले नियन्त्रणमा लिएर विराेध गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ स्थित मिलन चोकमा द्विवेदीलाई स्थानीय युवाहरुले मौन अवधिकाे क्रममा निर्वाचन लक्षित प्रचार प्रसार सामग्रीसहित नियन्त्रणमा लिएर विराेध गरेका हुन् । द्विवेदी सवार बागमती प्रदेश ०१ ०२७ च ७०२४ नम्बर को गाडीबाट स्थानीयहरुले प्रचार प्रसार सामग्री समेत फेला पार्दै प्रश्न गरिरहेकाे भिडियाे समाजिक संजालमा भाइरल भएकाे छ ।

मौन अवधिका क्रममा प्रचार प्रसार गर्न नमिल्ने भएपनि द्विवेदीले निर्वाचन आचार सहिंतालाई उलंघन गर्दै द्विवेदीले प्रचार प्रसार सामग्री बोकेर मतदातालाई प्रभावित गर्न खोजिरहेको स्थानियहरुकाे आराेप छ ।

शनिबार दिउसाे नै पर्साकाे क्षेत्र नं. ४ काे कालिकामाई गाउँपालिकाबाट प्रचार प्रसार सामग्रीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियँका छोरा सहबिर अहमद सवार गाडीबाट नमुना मतपत्रसहितका प्रचार सामग्री फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर निर्वाचन अधिकृतकाे कार्यालयलाई बुझाएकाे थियाे ।   

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...