Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा आइतबार हुने निर्वाचनकाे सम्पूर्ण तयारी पुरा

spot_img
spot_img

वीरगंज । देशभर जस्तै पर्सामा पनि मंसिर ४ गते अर्थात आइतबार हुने प्रतीनिधीसभा तथा प्रदेश सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकाे छ । पर्साका मतदान स्थल तथा केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

पर्सा क्षेत्र नं. ४ अन्तर्गतका सम्पूर्ण मतदान स्थल र मतदान केन्द्रकाे तयारी पुरा भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले वताए । क्षेत्र अन्तर्गतका ४८ मतदान स्थल र ११२ मतदान केन्द्रकाे तयारी पुरा भएकाे उनले जानकारी दिए ।

मतदान केन्द्रसंगै श्री जिल्ला उच्चांगल मावि पाेखरियामा हुने मतगणना स्थलकाे तयारी पुरा पनि अन्तिम चरणमा रहेकाे सुचना अधिकारी यादवले जानकारी गराए ।

क्षेत्र नं. ४ अन्तर्गत नै पर्ने जिराभवानी गाउँपालिकाकाे वडा नं. १ मा रहेकाे अति संवेदनशिल ओरिया खोला सामुदायिक भवन मतदान स्थलकाे व्यवस्थापन पुरा भएकाे मतदान अधिकृत प्रदिप पटेलले जानकारी दिए । सामुदायिक भवन मतदान स्थलमा रहेकाे दुईटै मतदान केन्द्रकाे व्यवस्थापन पुरा भएकाे उनले जानकारी दिए ।  

पर्सामा १६७ स्थायी र २ वटा अस्थायी गरी १६९ मतदान स्थल र ४१२ स्थायी र २ अस्थायी गरी ४१४ मतदान केन्द्र रहेको छ । यस्तै पर्सामा ३ लाख ४५ हजार मतदाता रहेका छन् ।

सबै मतदान स्थल तथा केन्द्रमा शुक्रबारदेखि नै निर्वाचन अधिकृत तथा कर्मचारी तथा सुरक्षाकर्मी खटीईसकेका छन् ।

महिला, पुरुष तथा अपांगता भएका लगायत सबै मतदाताहरुलाई सहज बनाउने तथा मतदान स्थलमा अवाञ्छित गतिविधी हुन नदिन अपनाईने सुरक्षा व्यवस्थाबारे पनि ध्यान दिईएको र निरन्तर अनुगमन तथा निरीक्षण कार्य भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्सामा मात्रै ११ हजार भन्दा बढी कर्मचारी , सुरक्षकर्मी , स्वय्सेवक , म्यादी प्रहरी मतदान केन्द्र तथा मतदान स्थलमा खटीईसकिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । सबै मतदान केन्द्रमा मतपेटीका तथा मतपत्र पुगिसकिएको मुख्य निर्वाचन अधिकृत विनाेद पोखरेलले बताए ।

उनले मतदान केन्द्रमा कोही विरामी परिहाले वा विसन्चो भएको तथा घाईते भएको अवस्थामा समेत उपचार गर्ने अवस्था समेत मिलाईएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...