Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सामा आइतबार हुने निर्वाचनकाे सम्पूर्ण तयारी पुरा

spot_img
spot_img

वीरगंज । देशभर जस्तै पर्सामा पनि मंसिर ४ गते अर्थात आइतबार हुने प्रतीनिधीसभा तथा प्रदेश सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकाे छ । पर्साका मतदान स्थल तथा केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

पर्सा क्षेत्र नं. ४ अन्तर्गतका सम्पूर्ण मतदान स्थल र मतदान केन्द्रकाे तयारी पुरा भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले वताए । क्षेत्र अन्तर्गतका ४८ मतदान स्थल र ११२ मतदान केन्द्रकाे तयारी पुरा भएकाे उनले जानकारी दिए ।

मतदान केन्द्रसंगै श्री जिल्ला उच्चांगल मावि पाेखरियामा हुने मतगणना स्थलकाे तयारी पुरा पनि अन्तिम चरणमा रहेकाे सुचना अधिकारी यादवले जानकारी गराए ।

क्षेत्र नं. ४ अन्तर्गत नै पर्ने जिराभवानी गाउँपालिकाकाे वडा नं. १ मा रहेकाे अति संवेदनशिल ओरिया खोला सामुदायिक भवन मतदान स्थलकाे व्यवस्थापन पुरा भएकाे मतदान अधिकृत प्रदिप पटेलले जानकारी दिए । सामुदायिक भवन मतदान स्थलमा रहेकाे दुईटै मतदान केन्द्रकाे व्यवस्थापन पुरा भएकाे उनले जानकारी दिए ।  

पर्सामा १६७ स्थायी र २ वटा अस्थायी गरी १६९ मतदान स्थल र ४१२ स्थायी र २ अस्थायी गरी ४१४ मतदान केन्द्र रहेको छ । यस्तै पर्सामा ३ लाख ४५ हजार मतदाता रहेका छन् ।

सबै मतदान स्थल तथा केन्द्रमा शुक्रबारदेखि नै निर्वाचन अधिकृत तथा कर्मचारी तथा सुरक्षाकर्मी खटीईसकेका छन् ।

महिला, पुरुष तथा अपांगता भएका लगायत सबै मतदाताहरुलाई सहज बनाउने तथा मतदान स्थलमा अवाञ्छित गतिविधी हुन नदिन अपनाईने सुरक्षा व्यवस्थाबारे पनि ध्यान दिईएको र निरन्तर अनुगमन तथा निरीक्षण कार्य भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्सामा मात्रै ११ हजार भन्दा बढी कर्मचारी , सुरक्षकर्मी , स्वय्सेवक , म्यादी प्रहरी मतदान केन्द्र तथा मतदान स्थलमा खटीईसकिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । सबै मतदान केन्द्रमा मतपेटीका तथा मतपत्र पुगिसकिएको मुख्य निर्वाचन अधिकृत विनाेद पोखरेलले बताए ।

उनले मतदान केन्द्रमा कोही विरामी परिहाले वा विसन्चो भएको तथा घाईते भएको अवस्थामा समेत उपचार गर्ने अवस्था समेत मिलाईएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...