Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजबाट नक्कली मतपत्र र नगदसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । नक्कली मतपत्र र नगदसहित प्रहरीले वीरगञ्जको बसपार्क नजिकबाट दुई जनालाई बिहिबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी वलको सयुक्त टोलीले वीरगंजको बसपार्क सडकखण्डमा कलैयाबाट आइरहेको कारलाई चेकजाँच गर्दा नक्कली मतपत्र, नगद २ लाख ७२ हजार सहित दुईजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी वल पर्साका प्रमुख प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

बाराको कलैयाबाट वीरगंज आएको बा. १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नमुना मतपत्र फेला परेको हो प्रहरी उपरिक्षक पोखरेलले बताए । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगर पालिका वडा नंं १८ का कार चालक बर्ष २३ का अमिरी राउत र सोही कारका मालिक वीरगंज महानगरपालिका वडा नं १६ इनर्वाका बर्ष ३३ का राजन सिंह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक गिरीका अनुसार उनीहरुको साथबाट १० हजार थान नक्कली मतपत्र, २ सय ५० थान स्वस्तिक छाप र ४८ थान स्टाप प्याड वरामद भएको छ । करिव ३ सय प्रति नक्कली मतपत्रमा साइकिल छापमा मत संकेत गरेको फेला परेको छ ।

उनीहरु कुन निर्वाचन क्षेत्रको लागि मतपत्र लिएर हिडेका हुन भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र गाडी हाल वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । उनीहरुलाई आवश्यक कार्वाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइने प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...