Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पुर्वाञ्चल विश्वविद्यालयमा हल्ट प्राइज प्रतियोगिताको तयारी तिव्र

spot_img
spot_img

वीरगंज । विद्यार्थीमा रहेका नविनतम सोच र अनुसन्धान वर्तमान विश्वको लागि अपरिहार्य छ, रचनात्मक सोचले जीवन बदली वर्तमान समाजलाई गतिशिल बनाइ राख्नु पर्छ र समस्या संगै अवसर पनि समान हुन्छ भन्ने अवधारणा बोकेका विश्वभरका युवाहरुको हल्ट प्राइज अर्थात नोबेल पुरस्कार प्रतियोगिता सुरु भएको छ ।

विलक्लिन्टन फाउन्डेसनद्वारा सन् २००९ देखि सुरु भएको उक्त प्रतियोगितामा विश्वका १५० भन्दा बढि देशहरुका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता हुनेछ । विश्वभरका दुई हजारभन्दा बढी विश्व विद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्र सङ्घले संयुक्त रुपमाआयोजना गर्ने छन् ।

प्रत्येक वर्ष, हल्ट प्राइज प्रतिस्पर्धा ठूलो बजार चुनौतीको साथ ठूलो बजार अवसरको साथ जोडिएको हुन्छ । जुन विश्वका युवा शक्ति अर्थात विद्यार्थीलाई विश्वमा विद्यमान समस्याहरुलाई अवसरको रुपमा बदल्ने सोच ल्याउनु यसको उदेश्य हो। यो वर्ष अर्थात सन २०२३ का लागि “Redesigning Fashion” विषय छनौट गरिएको छ ।

दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरिकी डलर पुरस्कार राशि हात पार्ने छन । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुका नवीनतम विचारहरु, जसले लाखौं मानिसलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ, त्यस्ता प्रकारका विचारलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाई उत्कृष्ट विचारलाई सामाजिक उद्यमशीलताको वातावरण सिर्जना गर्ने हो ।

सामाजिक उद्यमशीलताको वकालत प्रमुख रुपमा गर्ने यस प्रतिस्पर्धाले विद्यार्थीहरुलाई सामाजिक रुपमा उद्यमशीलताको विकास गरी समाजलाई प्रत्यक्ष रुपमा टेवापुर्याउन यो कार्यक्रम एकदम महत्वपूर्ण रहेको छ। हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरिकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानु पर्ने नियमहरु छन् ।

विश्वका १२० बढी देश मा हुने यस प्रतियोगिता नेपालमा पनि हुने र त्यसका लागि विश्वविद्यालयहरुमा आन्तरिक प्रतिस्पर्धा पनि हुनेछ । त्यसका लागि अहिले प्रारम्भको कार्यहरु भइरहेका छन् ।  यस वर्षको हल्ट प्राईज प्रतिस्पर्धामा नेपालका तर्फबाट पुर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरू सहभागी हुने पक्का भएको छ । आयोजक टिमको गठनको कार्य पनि सुरु भैसकेको जानकारी हल्ट प्राइज पुर्वाञ्चल विश्वविद्यालयका निर्देशक विकास ज्ञवालीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...