Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

पर्सा ४ काे (२) मा सिंगासन र शेखचान्द बिच प्रतिस्पर्धा, प्रहलाद छैनन् लडाईमा

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. ४ काे (२) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा देखिएकाे छ । एमाले-जसपा गठबन्धनका उम्मेदवरा सिंगासन सा कलवार र बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार शेखचान्द तारा बिच प्रतिस्पर्धा देखिएकाे हाे । 

एमाले-जसपा गठबन्धनबाट जसपाका सिंगासन उम्मेदवार छन् । उनी निर्वतमान प्रदेशसभा सदस्य पनि हुन् । यस अघिकाे निर्वाचनमा उनी तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट कांग्रेसका उम्मेदवार बशिष्टनारायण कुर्मीलाई पराजित गर्दै धेरै मतान्तरले विजयी भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) सहितकाे ५ दलिय बामलाेकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी शेखचान्द हुन् । 

यसै क्षेत्रमा एमालेका बागी उम्मेदवार प्रहलाद साह कानु छन् । स्वतन्त्र उम्मेदवार दिएका कानु एमाले छिपहरमाई गाउँपालिकाका अध्यक्ष थिए । कानुले पार्टीकाे निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले कारवाही गर्दै पार्टीबाट निष्कासित गर्याे । उनी एमाले पर्साका सचिव एवम् छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनाेज गुप्ताका हजुर बुवा हुन् । 

बैशाख ३० गते सम्पन्न स्थानिय तहकाे मतपरिणाम अनुसार यस क्षेत्रमा कांग्रेस, एमाले र जसपा बलियाे छ । यस क्षेत्र अन्तर्गत कालिकामाई गाउँपालिका, छिपहरमाई गाउँपालिका, धाेबिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ५ सबैठवा र पाेखरिया नगरपालिकाकाे वडा नं. ३ फुलवरिया पर्दछ ।

कालिकामाईकाे गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा नेपाली कांग्रेस जितेकाे छ । ५ वटा वडा रहेकाे गाउँपालिका ३ वटामा जसपा, एउटामा कांग्रेस र एउटामा एमाले जितेकाे छ । छिपहरमाई गाउँपालिकाकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस जितेकाे छ । ५ वटा वडा रहेकाे यस गाउँपालिकामा पनि दुईवटा वडामा एमाले र ३ वटा वडामा कांग्रेस जितेकाे छ ।

त्यसैगरी धाेबिनी गाउँपालिकाकाे अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस जितेकाे छ । ५ वटा वडा रहेकाे यस गाउँपालिकाकाे पनि दुईवटामा जसपा र ३ वटामा कांग्रेस जितेकाे छ । पकहा मैनपुर गाउँपालिकाकाे पर्ने वडामा कांग्रेस र पाेखरिया नगरपालिकाकाे पर्ने वडामा एमाले जितेकाे छ ।

यस कारण एमाले-जसप गठबन्धनका उम्मेदवार र कांग्रेस सहितकाे ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार बिच प्रतिस्पर्धा हुने आंकलन गरिएकाे हाे ।

एमाले-जसपा गठबन्धनका उम्मेदवार कलवार जसपाका निर्वतमान प्रदेशसभा सदस्यका भएका कारण र क्षेत्र अन्तर्गतका सबै वडामा उनले गरेका विकास निर्माणका काम कारण उनी बलियाे उम्मेदवार मानिएका छन् । बाम लाेकतान्त्रिक गठबन्धनका माओवादी केन्द्रकी उम्मेदवार शेखचान्दलाई यस क्षेत्रमा बलियाे रहेकाे कांग्रेससहित ५ दलकाे समर्थन रहेकाेले उनी पनि बलियाे उम्मेदवार मानिएकी छन् । 

एमालेका बागि उम्मेदवार प्रहलादलाई आफ्नाे गृह छिपहरमाई गाउँपालिका बाहेक अन्य वडामा खासै प्रवाह देखिएकाे छैन् । छिपहरमाई गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष मनाेज गुप्ताका कारण केही मत उनकाे पक्षमा आउन सक्ने स्थानियकाे भनाई छ । तर अरु पालिका जसपाका सिंगासन र माओवादी केन्द्रकी शेखचान्द तारा बिच नै प्रतिस्पर्धा देखिएकाे स्थानियकाे भनाई छ ।

यसका साथै स्वतन्त्र उम्मेदवारकाे तुल्नामा दुबै गठबन्धनका उम्मेदवार युवा रहेका कारण उनीहरुलाई नै आम मतदाता मन पराइरहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...