Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026

फर्जी मतपत्र सहित भारतिय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणमा फर्जी मतपत्र सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य पश्चिमी चम्पारण नरकटियागंज निवासी ४० वर्षीय ईजाजत अहमद रहेका छन् ।

पर्साको जानकीटोला नाकाबाट अवैध रुपमा भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्र सहित अहमदलाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापा मगरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाँचको क्रममा भारतको बिहारबाट बी.आर. २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उक्त फर्जी मतपत्र बरामद भएको थियो ।

यही मंसिर ४ गते हुने संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा फर्जी मत पत्र प्रयोग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले उक्त फर्जी मतपत्र नियन्त्रणमा लिएको थियो । नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै नेपाल प्रवेश गरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखेर अनुसन्धान पश्चात छोडिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानको क्रममा उक्त मतपत्रको नमुना मतपत्र शिक्षाको लागि ल्याइएको पाइएकोले छाडिएको बताए । नमुना मतपत्र कुन दलको उम्मेदवारले मगाएको हो भन्ने अहिलेपनि खुल्न नसकेको उनको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारामा राष्ट्रिय आर्थिक गणना सम्पन्न गराउने ७५ गणक र सुपरिवेक्षक सम्मानित

वीरगंज । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा खटिएका गणक तथा सुपरिवेक्षकलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय, बाराले...

कमन जेनजी नेपाल पुनर्गठन, विकेश साहको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन

वीरगंज । विभिन्न जेनजी समूह तथा घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालले आफ्नो केन्द्रीय कमिटी पुनर्गठन गरेको छ। पुनर्गठित १०५ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा...

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...