Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

रमेश कुर्मीद्वारा घोषणा पत्र सार्वजनिक

spot_img
spot_img

वीरगंज ।  पर्साको क्षेत्र नम्बर २ काे २ का प्रदेशसभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले आफ्नाे घोषणा पत्र सार्वजनिक गरेका छन् । पाँच दलीय बाम लाेकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार कुर्मीले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

क्षेत्र नम्बर २ (२) को विकास र समृद्धिका लागि आधुनिक एवम् प्राविधिक शिक्षामा जोड दिँदै कुर्मीले स्वास्थ्य सुदृढीकरणको विषयलाई घोषणा पत्रमा प्राथमिकताका साथ उठाएका छन् । 

विपन्न एवम् जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थाका साथै आफ्नो क्षेत्रका प्रत्येक वडामा निःशूल्क कोचिङ् कक्षाको व्यवस्था गर्ने योजना घोषणा पत्रमा उल्लेख छ । निःशूल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनका लागि अति विपन्न परिवारका लागि निःशूल्क स्वास्थ्य बिमाको योजना ल्याउने कुर्मीको योजना छ । 

परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिकीकरण एवम् प्रविधिकरण गरेर कम मेहनतमा धेरै उत्पादन गर्ने खालका योजना र कार्यक्रम ल्याउने कुर्मीको भनाई छ । कृषकको लागि सोलार प्यानल वितरण गरेर सिचाईमा सहजीकरण गर्नुका साथै समयमै बिउ र मलको सहज उपलब्धताका लागि पहल गर्ने पनि कुर्मीको प्रतिबद्धता छ । 

आफ्नो क्षेत्रमा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीलाई प्रोत्साहन गर्ने पनि कुर्मीको घोषणा पत्रमा समेटिएको छ । 

बहुदरमाई मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने विषयलाई उनले प्राथमिकताका साथ उठाएका छन् । पक्की सडकसञ्जालको विस्तार र स्तरोन्नतीका लागि पहल गर्ने पनि उनको योजना छ ।  

वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकालाई जोड्न सुगौलीमा पुलको अपरिहार्यतालाई मध्यनजर गर्दै उनले पुल निर्माणका लागि योजना र बजेटका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै अनियमितता र ढिलासुस्तीको विरुद्ध खबरदारी गर्ने पनि उनले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...