Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जनमत पार्टीका उम्मेदवार डा. यादव पनि मतदाताकाे घरदैलाेमा

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर । प्रतिनिधिसभा पर्साकाे निर्वाचन क्षेत्र नं ४ का जनमत पार्टीका उमेदवार डाक्टर अजय यादवले घरदैलाे कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर यादवले घरदैलाेकाे क्रममा आफ्नो क्षेत्रको अधिकांश ठाउँमा आम जनतालाई भेटदा अधिकांश ठाउँमा जनता धेरै दुःखी भएको र त्यस ठाउँमा कुनै पनि जितेका उमेदवारले खासै विकासको काम नगरेको कारण क्षेत्र नं ४ अहिले निकै पछाडि परेको वताए ।

डाक्टर यादवले यस क्षेत्रलाई सब भन्दा पहिले राजनीतिक जन्जिरलाई तोडेर स्वतन्त्र रूपमा सबैलाई समान अधिकार हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए । उनले यस देशका ठूला ठूला पार्टीहरू आफ्नो राजनीति यात्रालाई जोगाई राख्न आम जनतालाई विभिन्न प्रलोभनमा पारी ठग्दै आएको र अब जनता गुलामिको जन्जिरर्लाई पारगरी आफ्नो सवभिमानको लडाई लडन आग्रह गरे ।

नेता यादवले जनमत पार्टी राजनीति रूपमा मात्र अधिकार दिलाउने पार्टी भएकोले एकचोटि आफूलाई विशवास गरी काम गर्न अवसर दिन आग्रह गरे । नेता यादवको अनुसार अहिलेको युग प्रविधिकाे युग भएको कारणले मात्र सडक, नाला, पुल आदिको विकाश गरेर नहुने हुनाले व्यक्तित्व विकासको लागि पनि आफूलाई जिताउन उनले आग्रह गरे ।

प्राप्त समाचार अनुसार उनको लोकप्रियताले गर्दा देशका ठूला पार्टीहरू अहिले गम्भीर सोचमा परेका छन । नेता यादव पेसाले डाक्टर भए पनि राजनीतिक निकास र जनताकाे हक अधिकारको लागि आफूले प्रतिनिधि सभामा आफ्नो उमेदवारी दिएको र जनताले यस पालि आफूलाई भारी बहुमतले जिताएर काम गर्ने अवसर दिनमा आफू विश्वस्त रहेको बताए ।

उनको घरदैलो कार्यक्रममा जनताले उनलाई फूलमाला, अबिर टीका लगाई जीतको अग्रिम बधाई समेत दिन थालेका छन । यो अभियानमा उनलाई उनका श्रीमती डाक्टर प्रमिला गुप्ता यादवले निकै साथ र सहयोग गरिरहेकी छिन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...