Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

जनमत पार्टीका उम्मेदवार डा. यादव पनि मतदाताकाे घरदैलाेमा

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर । प्रतिनिधिसभा पर्साकाे निर्वाचन क्षेत्र नं ४ का जनमत पार्टीका उमेदवार डाक्टर अजय यादवले घरदैलाे कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर यादवले घरदैलाेकाे क्रममा आफ्नो क्षेत्रको अधिकांश ठाउँमा आम जनतालाई भेटदा अधिकांश ठाउँमा जनता धेरै दुःखी भएको र त्यस ठाउँमा कुनै पनि जितेका उमेदवारले खासै विकासको काम नगरेको कारण क्षेत्र नं ४ अहिले निकै पछाडि परेको वताए ।

डाक्टर यादवले यस क्षेत्रलाई सब भन्दा पहिले राजनीतिक जन्जिरलाई तोडेर स्वतन्त्र रूपमा सबैलाई समान अधिकार हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए । उनले यस देशका ठूला ठूला पार्टीहरू आफ्नो राजनीति यात्रालाई जोगाई राख्न आम जनतालाई विभिन्न प्रलोभनमा पारी ठग्दै आएको र अब जनता गुलामिको जन्जिरर्लाई पारगरी आफ्नो सवभिमानको लडाई लडन आग्रह गरे ।

नेता यादवले जनमत पार्टी राजनीति रूपमा मात्र अधिकार दिलाउने पार्टी भएकोले एकचोटि आफूलाई विशवास गरी काम गर्न अवसर दिन आग्रह गरे । नेता यादवको अनुसार अहिलेको युग प्रविधिकाे युग भएको कारणले मात्र सडक, नाला, पुल आदिको विकाश गरेर नहुने हुनाले व्यक्तित्व विकासको लागि पनि आफूलाई जिताउन उनले आग्रह गरे ।

प्राप्त समाचार अनुसार उनको लोकप्रियताले गर्दा देशका ठूला पार्टीहरू अहिले गम्भीर सोचमा परेका छन । नेता यादव पेसाले डाक्टर भए पनि राजनीतिक निकास र जनताकाे हक अधिकारको लागि आफूले प्रतिनिधि सभामा आफ्नो उमेदवारी दिएको र जनताले यस पालि आफूलाई भारी बहुमतले जिताएर काम गर्ने अवसर दिनमा आफू विश्वस्त रहेको बताए ।

उनको घरदैलो कार्यक्रममा जनताले उनलाई फूलमाला, अबिर टीका लगाई जीतको अग्रिम बधाई समेत दिन थालेका छन । यो अभियानमा उनलाई उनका श्रीमती डाक्टर प्रमिला गुप्ता यादवले निकै साथ र सहयोग गरिरहेकी छिन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...