Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

उम्मेदवारकाे व्यक्तिगत लाञ्छना लगाएर प्रदर्शन गर्ने एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घण्टाघरमा शनिबार सांझ युवाहरुकाे एक समुहले मधेश प्रदेशका मुख्यमन्त्रीसहित मदेशी दलका नेताहरुकाे विराेधमा प्रदर्शन गरेका छन् । क्रान्तिकारी युवा संगठनको नामले युवाहरुकाे समुहले घण्टाघरमा मधेश आन्दाेलका तस्बिरहरु र मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर टाँगेर गरेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेकाे थियाे ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवार समेत रहेका नेताको व्यक्तिगत लाञ्छना लगाएर राखिएकाे ब्यानर प्रहरीले हटाउने क्रममा प्रदर्शनकारी युवाहरुले हटाउन नदिएपछि प्रहरीले बल प्रयाेग गरी हटाएकाे थियाे । साे क्रममा प्रहरीले कुटपिट गर्दै एक जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ७ बस्ने मनोज कुमार श्रीवास्तवलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर प्रदर्शन गर्न नपाइने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ले वताए ।

प्रदर्शनमा पर्सा क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दिएका बिशाल कुमार सर्राफ, तानविर अन्सरी लगायतका युवाहरुकाे सहभागिता रहेकाे थियाे । जस मध्ये प्रहरीकाे लाठी चार्जबाट सर्राफलाई चाेट समेत लागेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...