Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

उम्मेदवारकाे व्यक्तिगत लाञ्छना लगाएर प्रदर्शन गर्ने एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घण्टाघरमा शनिबार सांझ युवाहरुकाे एक समुहले मधेश प्रदेशका मुख्यमन्त्रीसहित मदेशी दलका नेताहरुकाे विराेधमा प्रदर्शन गरेका छन् । क्रान्तिकारी युवा संगठनको नामले युवाहरुकाे समुहले घण्टाघरमा मधेश आन्दाेलका तस्बिरहरु र मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर टाँगेर गरेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेकाे थियाे ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवार समेत रहेका नेताको व्यक्तिगत लाञ्छना लगाएर राखिएकाे ब्यानर प्रहरीले हटाउने क्रममा प्रदर्शनकारी युवाहरुले हटाउन नदिएपछि प्रहरीले बल प्रयाेग गरी हटाएकाे थियाे । साे क्रममा प्रहरीले कुटपिट गर्दै एक जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ७ बस्ने मनोज कुमार श्रीवास्तवलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर प्रदर्शन गर्न नपाइने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ले वताए ।

प्रदर्शनमा पर्सा क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दिएका बिशाल कुमार सर्राफ, तानविर अन्सरी लगायतका युवाहरुकाे सहभागिता रहेकाे थियाे । जस मध्ये प्रहरीकाे लाठी चार्जबाट सर्राफलाई चाेट समेत लागेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...