Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेकपा एस प्रदेशसभा पर्सा क्षेत्र नं. १ (१) काे बैठक सम्पन्न

spot_img
spot_img

बीरगंज । नेकपा (एकिकृत समाजबादी) प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं १ (१) काे बैठक शनिवार सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १४ बहुअरीमा भएकाे बैठकमा वाेल्दै पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले बाम लोकतान्त्रिक गठवन्धनको उमेदवारहरुलाई जिताउन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।  

क्षेत्रिय संयोजक अनिल पटेलको अध्यक्षता र सचिव चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे बैठकमा समानुपतिक मत आम जनतासँग चुनाव चिन्ह कलम छापका लागि माग्न गाउँ गाउँ टोल टोलमा पार्टीका नेता कार्यकर्तालाई लाग्ने बिषयमा नेताहरुले आ आफ्नो धारण राखेका थिए ।

बैठकमा पार्टीका पाेलिट व्युराे सदस्य एवम् जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मंजूर आलम, सचिव वृजलाल पासवान लगायतले मन्तव्य राखेका थिए ।

बैठकमा संयोजक अनिल पटेलले बाम गठवन्धनको उमेदवार रहवर अन्सारी र प्रतिनीधि सभाको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । उनले गठवन्धनबाट चुनाव लडेका नेताहरुले केही समन्यव नगरेको काम गर्न असहज भइरहेको समेत गुनासाे गरेका थिए ।

बैठकमा मधेस प्रदेश कमिटी सदस्य मनोज शर्मा, बृजलाल यादव, जिला सचिवालय सदस्य द्वारिका श्रीवास्तव, आकाश पटेल, राज महमद मदन कुर्मी , युवा संघ नेपाल पर्साका अध्यक्ष श्रीलाल कुशवाहा, पावन पटेल, सन्दिप पटेल लगायतको उपस्थिती रहेको थियो ।

बैठकको संचालन प्रहालद कोइरालाले संचालन गरेकाे बैठकमा बाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे १ का उम्मेदवार रहवर अंसारीकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...