Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा ३ काे (१) मा मै चुनाव जित्छु : छाेटेलाल यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ काे (१) का प्रदेशसभा सदस्यका उम्मेदवार छाेटेलाल यादवले आफु नै चुनाव जित्ने दाबी गरेका छन् । चुनाव प्रचार प्रसारकाे क्रममा भेटिएकाे उम्मेदवार यादवले क्षेत्रमा आफ्नाे पक्षमा जनलहर रहेकाे वताए ।

बाम लाेकतान्त्रिक गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रकाे उम्मेदवार रहेका यादवले मतदाता भेटघाटकाे क्रममा आफ्नाे पक्षमा जनता उत्साहित देखिएकाे प्रतिक्रिया दिए । उनले संविधान रक्षा र कार्यन्वयकाे लागि बामलाेकतान्त्रिक गठबन्धनकाे जित आवश्यक रहेकाे वताए । 

उनले भने “प्रतिगमनकाे विराेधमा बनेकाे ५ दलिय गठबन्धन प्रति जनता उत्साहित छन्, यस पालिकाे निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउने प्रतिबद्धता जनाइरहेका छन् । त्यस कारण हामी पनि उत्साहित छाैं । हाम्राे जित निश्चित छ ।”

उम्मेदवार यादवले आफु पार्टीकाे एउटा सिपाही भएकाे नाताले पार्टी आफुलाई लडाएकाे क्षेत्रबाट चुनाव लडेकाे वताए । उनले आफ्नाे जित्ने आधार गठबन्धन र आफ्नाे पार्टीकाे एजेन्डा भएकाे वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...