Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

एमाले-जसपा गठबन्धनकाे जित निश्चित छ : सिंगासन साह

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.  २ टिहुकीमा एमाले-जसपा गठबन्धनकाे चुनावी सभा सम्पन्न भएकाे छ । विरेन्द्र महताे केवटकाे अध्यक्षतामा भएकाे काेण सभामा बाेल्ने वक्ताहरुले मंसिर ४ गतेकाे निर्वाचनमा एमाले-जसपा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनु पर्नेमा जाेड दिएका हुन् । 

चुनावी सभालाई सम्बाेन गर्दै पर्सा क्षेत्र नं.  ४ काे २ का प्रदेशसभाका उम्मेदवार सिंगासन साह कलवारले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई सूर्य र प्रदेशसभा सदस्यका उम्मेदवारलाई छाता छापमा मतदान गरी बिजयी बनाउन मतदातासंग आग्रह गरे । उनले अहिले मुलुककाे अवश्यकता एमाले-जसपा गठबन्धन भएकाेले गठबन्धनका उम्मेदवार विजयी बनाउनु पर्ने धारणा राखे ।

उम्मेदवार कलवारले आफ्नाे कार्यकालमा क्षेत्रकाे बिकासकाे थुप्रै भाैतिक निर्माणकाे काम गरेकाे वताउँदै त्यसकाे मूल्यांकलन गरेर भएपनि पुन: आफुलाई विजयी बनाउनु पर्ने मतदातासंग आग्रह गरे । उनले अब पुन; आफुलाई निर्वाचित गराए बाकी रहेकाे पूर्वधार विकासकाे साथै शिक्षा, स्वास्थ्य, कृषि र युवा राेजगारकाे काम गर्न प्रतिवद्धता जनाए ।  उनले एमाले-जसपा गठबन्धनकाे जित निश्चित रहेकाे दाबी समेत गरे । 

पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा एमालेका मधेश प्रदेश कमिटी सदस्य बलिराम साह, हरिन्द्र हाजारा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जसपाका सचिन सिंहले गरेका थिए ।
 
यसैगरी पर्सा क्षेत्र नं. ४ कै धाेबिनी गाउँपालिकाकाे वडा नं. २ असवारीमा पनि बुधबार रात्रि सभा सम्पन्न भएकाे सिंहले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...