Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कांग्रेसका बागी उम्मेदवार द्विवेदीसहित ७४ जना पार्टीबाट निस्कासित

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं. १ का नेपाली काँग्रेसका बागी उमेदवार अजय द्विवेदीलाई नेपाली काँग्रेसले पार्टीबाट निष्कासित गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले मंगलबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार द्विवेदीलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीले विभेद र अन्याय गरेको भन्दै द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । 

द्विवेदीसँगै पार्टीबाट निष्कासित हुनेमा पर्साका काँग्रेसका क्रियाशील सदस्य सुधिर पटेल र क्षेत्रीय प्रतिनिधी चन्द्र किशोर चौधरी रहेका छन् । द्विवेदीले पर्सा १ को प्रतिनिधीसभा सदस्यमा, पटेलले पर्सा १ को (१) बाट प्रदेशसभा सदस्यमा र चौधरीले पर्साको ३ को (२) प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पर्साका तीन जनासहित देशभरका ७४ जनालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले निर्देशन दिएको हो ।

निष्कासित हुनेहरुमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक तथा समर्थक बसेका पदाधिकारी तथा सदस्य रहेका छन् ।

यस्तै, पर्सामा क्षेत्र नं. १ मा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवार लोसपा लक्ष्मणलाल कर्णको लागि भोट नमागेर बागी उमेदवार द्विवेदीका लागि भोट माग्ने अन्य काँग्रेस नेता कार्यकर्ता पनि अबको टार्गेटमा रहेको नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले बताए ।

पाण्डेले पार्टीको विधान अनुसार बागी उमेदवारका प्रस्तावक र समर्थकको पनि सदस्यता स्वतः खारेज भएको बताए । साथै, गठबन्धनका आधिकारिक उमेदवारको विरोधमा र बागी उमेदवारको समर्थनमा घरदैलो, सभा, भेला लगायतमा सहभागी हुने पर्साका नेता कार्यकर्ता निगरानीमा रहेको पाण्डेले बताए ।

त्यस्ता नेता र कार्यकर्ताहरु विरुद्ध विस्तारै कारवाही अघि बढाइने पाण्डेको भनाई छ । हाललाई बागी उमेदवारको समर्थनमा हिँडेका क्षेत्र नं. १ क्षेत्रीय सभापति अरविन्द गुप्तालाई ७ दिने स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।

यसैगरी, पर्साको क्षेत्र नं. ३ का काँग्रेसका आधिकारिक उमदेवार सुरेन्द्र प्रसाद चौधरीको उजुरीको आधारमा सोही क्षेत्रका नेता रामेश्वार रौनियार विरुद्ध छानविन भइरहेको पनि बताए । उजुरी अनुरुप आरोप पुष्टि भए विधानत सदस्यता खारेज हुने उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...