Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

लागू औषध गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाकाे वडा नं. १२ कुलियाबाट साेही ठाउँ निवासी ५८ बर्षिय प्रेम बहादुर लाेलाई पक्राउ गरेकाे हाे । 

बिषेश सूचनाको आधारमा आइतबार राति ९ बजेको समयमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ पक्राउ परेका लो समेत ३ जना व्यक्तिहरू समेतले बोकी आएको लागू औषध गाँजा सहितको बोरा फाली भाग्न खोज्दा निजहरू मध्येका प्रेम बहादुर लोलाई पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।

उनले बोकी आएको २ वटा बोरामा ७ किलोको दरले १४ किलो र एउटा बोरामा ११ किलो जम्मा २५ किलो ग्राम लागू औषध गाँजा बरामद गरी पक्राउ परेका लोलाई  बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरीएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

साथै फरार रहेका २ जना व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्ने लगायतको अनुसन्धान कार्य भइरहेको समेत प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...