Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागू औषध गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाकाे वडा नं. १२ कुलियाबाट साेही ठाउँ निवासी ५८ बर्षिय प्रेम बहादुर लाेलाई पक्राउ गरेकाे हाे । 

बिषेश सूचनाको आधारमा आइतबार राति ९ बजेको समयमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ पक्राउ परेका लो समेत ३ जना व्यक्तिहरू समेतले बोकी आएको लागू औषध गाँजा सहितको बोरा फाली भाग्न खोज्दा निजहरू मध्येका प्रेम बहादुर लोलाई पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।

उनले बोकी आएको २ वटा बोरामा ७ किलोको दरले १४ किलो र एउटा बोरामा ११ किलो जम्मा २५ किलो ग्राम लागू औषध गाँजा बरामद गरी पक्राउ परेका लोलाई  बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरीएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

साथै फरार रहेका २ जना व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्ने लगायतको अनुसन्धान कार्य भइरहेको समेत प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...

‘अर्नब’ चक्रवातको प्रभाव पर्न सक्ने भन्दै पर्सामा उच्च सतर्कता अपनाउन आग्रह

वीरगञ्ज । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय...

गोलबजारका तत्कालीन मेयर देवनाथ साहुसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा एक करोड ६०...