Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पर्सागढीबाट सालको गोलीया सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ९ तेलियाबाट सालकाे गाेलिया सहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले स्थानिय २८ बर्षिय अंगद चौधरी र २५ बर्षिय सन्तोष पासवानलाई पक्राउ गरेकाे हाे । 

प्रहरी टोलीले गस्तीको क्रममा बिहिबार सांझ ६:४० बजे चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको मोटरसाइकलमा सवार पासवानले बिचमा राखि ल्याएको अन्दाजी ३.५ फिट लम्बाई, ३.५ फिट मोटाई भएको सालको गोलीया १ थान अवैध रुपमा काठ चोरी तस्करी गरी लिई आउँदै गरेको अवस्थामा फेला परेको बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 उक्त सालको गोलीया र माेटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि शुक्रबार मनवा सव-डिभिजन वन कार्यालय सखुवनिया पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...