Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रदेशसभा सदस्यका उम्मेदवार हरेराम पटेल प्रति मतदाता उत्साहित

spot_img
spot_img
बीरगंज । पर्साको क्षेत्र नं २ काे बहुदरमाई नगरपालिका वडा नं २, सिसियाडी बैरिया र पिपरामा एमाले-जसपा गठबन्धनकाे घरदैलो कार्यक्रम सम्पन्न भएकाे छ ।
 
क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मी र क्षेत्र नं. २ काे २ का प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका हरेराम पटेलले संयुक्त रुपमा घरदैलाे गरेका हुन् । घरदैलाे क्रममा मतदाताहरुले दुबै उम्मेदवारहरु प्रति उत्साहित देखिएका थिए ।
 
घरदैलाेकाे क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र कुर्मीले आफुलाई चुनाव जिताए जनताको सुख दुःखमा सधैं साथ रहने प्रतिबद्धता जनाए ।
 
प्रदेशसभाबाट सदस्यका उम्मेदवार हरेराम पटेलले आफू जिते शिक्षाकाे क्षेत्रमा परिवर्तन गरेर देखाउने वताए । उनले आफु लामाे समयदेखि सहकारीकाे क्षेत्रमा पनि काम गरेकाेले युवाहरुलाई राेजगारी दिने विभिन्न याेजनाहरुले ल्याउने पनि जनाए ।
 
घरदैलाे कार्यक्रममा एमालेका नेता शिव पटेलसहित सुनील कुशवाहा, मनोज पटेल, राजबहादुर यादव, लक्ष्मण साह, छोटेलाल साह, मिश्री साह, अमर यादव, मंगनी पटेल लगायत सयौ नेता र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...