Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेशसभा सदस्यका उम्मेदवार हरेराम पटेल प्रति मतदाता उत्साहित

spot_img
spot_img
बीरगंज । पर्साको क्षेत्र नं २ काे बहुदरमाई नगरपालिका वडा नं २, सिसियाडी बैरिया र पिपरामा एमाले-जसपा गठबन्धनकाे घरदैलो कार्यक्रम सम्पन्न भएकाे छ ।
 
क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मी र क्षेत्र नं. २ काे २ का प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका हरेराम पटेलले संयुक्त रुपमा घरदैलाे गरेका हुन् । घरदैलाे क्रममा मतदाताहरुले दुबै उम्मेदवारहरु प्रति उत्साहित देखिएका थिए ।
 
घरदैलाेकाे क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र कुर्मीले आफुलाई चुनाव जिताए जनताको सुख दुःखमा सधैं साथ रहने प्रतिबद्धता जनाए ।
 
प्रदेशसभाबाट सदस्यका उम्मेदवार हरेराम पटेलले आफू जिते शिक्षाकाे क्षेत्रमा परिवर्तन गरेर देखाउने वताए । उनले आफु लामाे समयदेखि सहकारीकाे क्षेत्रमा पनि काम गरेकाेले युवाहरुलाई राेजगारी दिने विभिन्न याेजनाहरुले ल्याउने पनि जनाए ।
 
घरदैलाे कार्यक्रममा एमालेका नेता शिव पटेलसहित सुनील कुशवाहा, मनोज पटेल, राजबहादुर यादव, लक्ष्मण साह, छोटेलाल साह, मिश्री साह, अमर यादव, मंगनी पटेल लगायत सयौ नेता र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...