Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

काँग्रेस उम्मेदवार चौरसियाको घरदैलो निरन्तर

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुले बिहीबार पनि मतदाताको घरदैलोमा पुगेर मत मागेका छन् ।

काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले बिहीबार वीरगंज महानगरपालिका वडा नम्बर वडा नम्बर १ को बजार छपकैयाका विभिन्न टोलमा घरदैलो गरेका हुन् ।

त्यसक्रममा घरघरमा पुगेर मतदातालाई भेट्दै प्रतिनिधीसभा सदस्यका काँग्रेस उम्मेदवार चौरसियाले आफु सांसद पदमा नरहदा पनि जनताको सुखदुखमा साथ दिदै आएको कुरा सबैलाई थाहा नै भएको भन्दै आगामी दिनमा पनि आफु जनताकै माझमा रहने बताए ।

चौरसियाले भने ,‘ म नेता भन्दा पनि यस क्षेत्रका जनताको सेवक हु , जनताको हरेक सुखदुखमा मेरो साथ पहिले पनि थियो , अहिले पनि छ, भोलिका दिनमा पनि रहनेछ ।

उनले मंसिर ४ को निर्वाचनमा कामको मुल्यांकन गरेर मतदान गर्न आग्रह पनि गरे । काँग्रेसकै कारण लोकतन्त्र र संविधान जोगिएको भन्दै उनले अहिले काँग्रेसले जिते मात्र संविधान र लोकतन्त्र सुरक्षित हुने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...