Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कांग्रेसले एउटा क्षेत्रमा धाेखा दिएर ३ वटामा नाेक्सान सहदैन : उम्मेदवार कर्ण

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लक्ष्मणलाल कर्णले नेपाली कांग्रेसले एउटा क्षेत्रमा धाेखा दिएर ३ वटा क्षेत्रमा त्यसकाे नाेक्सान नसहने वताएका छन् ।

टिभि वीरगंजकाे जनता जानेके चाहेता कार्यक्रममा अन्तर्वता दिदै लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का बरिष्ट नेता समेत रहेका उम्मेदवार कर्णले कांग्रेसले आफुलाई साथ नदिएर अन्य ३ क्षेत्रमा त्यसकाे नाेक्सान नसहने वताएका हुन् । उनले भने “अहिले पनि आफ्नाे पार्टीका नेता, कार्यकर्ताले आफुसंग साेधि रहेका छन् । मैले गठबन्धनकाे साथमा लाग्न भनिरहदा पनि हाेइन जहिले तपाईकाे साथमा आफुहरु कांग्रेसीहरुलाई देख्छाैं, त्यस दिनदेखि मात्र लाग्ने भनिरहेका छन् ।”

स्वतन्त्र उम्मेदवारकाे पक्षमा लागेका कांग्रेसका नेता, कार्यकर्ताहरुलाई सम्झाउन बुझाउने काम भइरहेकाे वताउँदै कर्णले छठ पछि आफ्नाे साथ सबै लाग्ने दाबी समेत गरे ।

लाेसपाका नेता कर्ण ५ दलिय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस क्षेत्रमा एमाले-जसपा गठबन्धनबाट प्रदिप यादव र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय द्विवेदी प्रतिस्पर्धामा छन् ।   

अन्य पर्साकाे ३ क्षेत्र सत्ता गठबन्धकाे तर्फबाट कांग्रेस कै उम्मेदवार छन् । उनीहरुलाई इंगित गर्दै लाेसपाका उम्मेदवार कर्णले आफुलाई कांग्रेसले धाेखा दिएकाे खण्डमा अन्य ३ क्षेत्रमा त्यसकाे नाेक्सान नसहन चेतावनी दिएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...